Shittalpati
कोरोनासँगै डेंगुको सामना

हाम्रा संवददाता
पाल्पा, विश्वभर हलचल मच्चाइरहेको कोरोना महामारीले तनाव दिइरहेका बेला नेपालमा फेरी डेंगुको प्रकोपले अर्को तनाव सिर्जना गरिदिएको छ । कोरोना संक्रमणसँग लडिरहेका नागरिकहरु यति बेला डेंगुको प्रकोपसँग सामना गरिहेका छन् । कोही कोरोनासँग लडिरहेका छन् भने कोही डेंगुसँग । कतिपले यी संक्रमणलाई जित्न सफल भएका छन् भने कोही पराजित भई मृत्युको बाटो रोजेका छन् ।

नेपालमा दिनहुँ कोरोना र डेंगुका विरामीहरु भेटिएका छन् भने कतिको ज्यान समेत गइरहेको छ । शनिबार पनि थप एक जना कोरोनासँगको लडाईमा पराजित हुनुु परेको छ । पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना संक्रमण हुँदा एक जनाले ज्यान गुमाउनु परेको हो । डेंगु संक्रमणबाट हालसम्म २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरणअनुसार डेंगु देखिएका २९ जनाको मृत्यु भएको हो । २०७९ साउनदेखि हालसम्म २२ हजार ९ सय ८८ जनामा डेंगुको संक्रमण भएको छ । जसअन्तर्गत् प्रदेश १ मा ५ सय ९१, मधेश प्रदेशमा ३ सय २३, बागमती प्रदेशमा १७ हजार ७ सय ३१, गण्डकी प्रदेशमा ५ सय १५, लुम्बिनी प्रदेशमा २ हजार ८ सय २१, कर्णाली प्रदेशमा २ सय ३० र सुदूरपश्चिम प्रदेशमा ७ सय ७७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगुु नियन्त्रणमा ढिलाइ भइसकेका कारण संक्रमित र मृत्युको संख्या अझै बढ्नसक्ने भन्दै स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् । विज्ञहरूका अनुसार समयमै लामुखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने काम अगाडि नबढाउँदा यस्तो अवस्था सिर्जना भएको हो ।

नेपालमा २/३ वर्षको अन्तरालमा डेंगुुले प्रकोपको रुप लिने गरेको छ । सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगुुबाट ६ जनाको मृत्यु भएको थियोरुजसले महामारीको रुप लिएको थियो । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा अहिले डेंगुुको प्रकोप देखिएको छ । यो प्रदेशमा २ हजार ८ सय २१ जना डेंगुका विरामी छन् । यहाँ तिव्र रुपमा डेंगु फैलिए पनि प्रभावकारी रुपमा अझै डेंगुुविरुद्धका अभियान सञ्चालन गरिएको छैन । डेंगुुको थप जटिलता रोक्नका लागि सचेतना कार्यक्रम गर्नुुपर्ने भए पनि त्यसो हुन सकेको छैन । प्रदेश सरकारले डेंगु नियन्त्रणका लागि सबै स्वास्थ्य कार्यालय र स्थानीय तहमा सचेतनाका अभियानहरु सञ्चालन गर्न भने पनि लुम्बिनी प्रदेशका अधिकास जिल्लाहरुमा अझै पनि हुन सकेका छैन् । लुम्बिनीमा २० वटा सेन्टरमा डेंगुुको परीक्षण हुुँदै आएको छ । यद्यपि किट अभावले बेला बेलामा परीक्षणमा अवरोध हुने गरेको छ ।

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update