Shittalpati
सोमबार थपिए २१ कोरोना संक्रिमत

पाल्पा, देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार १ हजार ९ सय ९० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार २ सय ५८ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएका छन् भने हाल देशभर १ सय ९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ सय ९ जना होम आइसोलेसनमा रहेका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४ सय ८१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ पुगेको छ भने ९ लाख ६७ हजार १ सय ४५ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update