Shittalpati
कार्यक्रमको प्रभावकारिता मापन गर्न स्वस्थ बच्चा प्रतियोगिता

पाल्पा,जिल्लामा सञ्चालित सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले विभिन्न उद्देश्यहरु निर्धारण गरी लक्षित वर्गका कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । लक्षित उद्देश्यहरु निर्धारण गरी कार्यक्रम सञ्चालन गर्दै आए पनि अधिकासं सरकारी तथा गैरसरकारी संस्थाहरुले कार्यक्रमको प्रभावकारिताको विषयलाई भने चासो दिएको देखिदैन् । जिल्लाको एक सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीले भने आफुले सञ्चालन गर्दै आएको कार्यक्रमले के कति उद्देश्य हासिल गरेको छ वा छैन भनि मापन गर्न विभिन्न कोणबाट कार्यक्रमको प्रभावकारिता मापन गर्दै आएको छ । संस्थाले जिल्लाको रिब्दीकोट गाउँपालिकामा सञ्चालन गर्दै आएको समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार (सिविएचएफए) कार्यक्रमको प्रभावकारिता मापन गर्न स्वस्थ बच्चा प्रतियोगिता सञ्चालन गरेको छ ।

पोषण सम्बन्धी कार्यक्रमले बच्चाको स्वास्थ्यमा के कति सुधार आएको छ भनि मापन गर्नका लागि रिब्दीकोट फेकका १ सय ३ जना बच्चाहरु बीच स्वस्थ प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा तीन वटा मापदण्डहरु राखेर प्रतियोगिता सञ्चालन गरिएको थियो । जन्मदेखी एक वर्ष भित्रका समूह, एक वर्षदेखी दुई वर्ष समूह र दुई वर्षदेखी पाँच वर्ष समूहका बच्चाहरु बीच प्रतिस्पर्धा गराईको संस्थाका कार्यक्रम अधिकृत विनोद भारतीले जानकारी दिए । प्रतियोगितामा जन्मदेखी एक वर्ष समूहमा आयूशा गैरे प्रथम, आयुष दर्लामी द्धितिय र बिबिशा छहरी तृतिय भएका थिए । त्यस्तै एक देखी दुई वर्ष समूह अन्तर्गत टोप बहादुर घर्ती प्रथम, आरुशा छहरी द्धितिय र सविता पेग्मी तृतिय त्यस्तै दुई देखी पाँच वर्ष समूहमा प्रथम रोमन बगाले, द्धितिय हिरा उचै र तृतिय राधा लम्तरी भएका छन् । कार्यक्रममा रिव्दीकोट गाउँपालिकाकका प्रमुख नारायण बहादुर जिसीले संस्थाका हरेक गतिविधिहरु प्रशंसनीय रहेको बताए । उनले बालबालिकाहरुलाई प्रतियोगिता मार्फत स्वस्थ राख्नको लागि दिईएको सन्देश उदाहरणीय रहेको धारणा व्यक्त गरे । वडा अध्यक्ष नारायण बहादुर लाम्टाङ्गेले संस्थाले सञ्चालन गरेको कार्यक्रमले वडाको स्वास्थ्य क्षेत्रमा सुधार आएको बताए । फेक स्वास्थ्य चौकी र सुआहारा कार्यक्रमको प्रविधिक सहयोगमा प्रतियोगिता भएको हो । कार्यक्रम संस्थाका सभापति बुद्धि प्रसाद शर्माको अध्यक्षता, संस्थाकी उपसभापति शोभा शाक्यको स्वागत र कार्यक्रम अधिकृत विनोद भारतीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update