Shittalpati
पाल्पामा बुधबार १ सय १० जनामा संक्रमण पुष्टि

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय १० जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १ सय १० जनामा संक्रमण पुष्टि भएको हो ।

४५ जनाको पीसीआर परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको छ । जसमा तानसेन नगरपालिकाका ११, रामपुर नगरपालिका, बगनासकाली गाउँपालिकाका ४/४, रैनादेवी छहरा गाउँपालिकाका ३, माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिका, निस्दी गाउँपालिकका १/१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ७ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ६ सय ९३ जना महिला र ४ हजार ८७ जना पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ८५ जनामा संक्रमण देखिएको छ । १ सय ३५ जनामा परीक्षण गरिएकोमा ८५ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका ४४, पूर्वखोला गाउँपालिकाका ११, बगनासकाली गाउँपालिकाका १०, रैनादेवी छहरा गाउँपालिकाका ९, रामपुर नगरपालिका निस्दी गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार ७ सय २३ पुगेको छ । जहाँ २ हजार ४ सय २८ जना महिला र २ हजार २ सय ९५ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ जना संक्रमितले कोरोना जितेका छन् । तानसेनका ४, रम्भा, तानसेनका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार ५ सय ९८ पुगेको छ । जसमा ४ हजार ७ सय २९ महिला, ५ हजार ८ सय ६९ जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ५९ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८४ जना महिला र १ सय ७५ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म ६ सय ४६ जनासक्रिय संक्रमित रहेका छन् । जस मध्ये ६ सय ३५ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update