Shittalpati
पाल्पामा शनिबार ६४ संक्रमित थपिए

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ६४ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

५१ जनाको पीसीआर परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको छ । जसमा तानसेन नगरपालिकाका १०, रामपुर नगरपालिकाका ८, रिब्दीकोट गाउँपालिकाका ४, रम्भा गाउँपालिकाका ३, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, तिनाउ गाउँपालिकाका २/२, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका र निस्दी गाउँपालिकाका १/१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ६ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ६ सय ४८ जना महिला र ४ हजार ४२ जना पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ३० जनामा संक्रमण देखिएको छ । ४९ जनामा परीक्षण गरिएकोमा ३० जनामा संक्रमण देखिएको हो । बगनासकाली गाउँपालिकाका १२, तिनाउ गाउँपालिकाका ११, तानसेन नगरपालिकाका ३, माथागढी गाउँपालिका, रामपुर नगरपालिका, रिब्दीकोट गाउँपालिका, र निस्दी गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार ४ सय ४७ पुगेको छ । जहाँ २ हजार २ सय ९० जना महिला र २ हजार १ सय ५७ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा १७ जना संक्रमितले कोरोना जितेका छन् । तानसेन, पूर्वखोलाका ४/४,रामपुरका ३, बगनासकालीका २, माथागढी, रैनादेवी छहरा,रम्भा, निस्दीका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार ५ सय ४२ पुगेको छ । जसमा ४ हजार ७ सय ५ महिला, ५ हजार ८ सय ३७ जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ५७ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८४ जना महिला र १ सय ७३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म ३ सय ३८ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ३ सय ३३ जना होम आइसोलेसनमा रहेका छन् भने ५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update