Shittalpati
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

पाल्पा,  जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रामपुर नगरपालिका –५ बेझाडस्थित विभिद सप्लायर्समा लु.३ त ८०५४ नम्वरको ट्याक्टरको ट्रली मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । सर्लाही ईसरपुर नगरपालिका १५ बसनियाटोलका जय किसान चौधरीका १९ वर्षीय छोरा मुन्न चौधरीको मृत्यु भएको हो । हाईड्रोलिक पाइप मर्मत गर्ने क्रममा अचानक ट्रली झरेर लाग्दा घाइते भएका उनको उपचारका लागि रामपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।

त्यस्तै जिल्लाको निस्दी गाउँपालिका– ७ मा भएको टिप्पर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी नवलपरासीको सुनवल नगरपालिका– ३ का ४५ वर्षीय तुफानी कुँवर योगी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सर्दीबाट भुटुके जाँदै गरेको प्र २–०–३००१ ख ४६६९ नं को खाली टिप्पर सोही स्थानमा ब्याग गरी पार्किङ्ग गर्ने क्रममा स्टार्ट बन्द नगरी चालक गाडीबाट झरी पछाडी हेर्ने क्रममा सोही गाडी ब्याक हुँदा अर्को ग २ ख ३६१ नं को टिप्परको बीचमा टाउको च्यापिदा योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैँयाले बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update