Shittalpati
पाल्पामा थप १२ संक्रमित निको

पाल्पा,जिल्लामा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १२ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ७, रैनादेवी छहरा गाउँपालिकाका २, बगनासकाली गाउँपालिका, पूर्वखोला गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार ४७ पुगेको छ । जसमा ५ हजार ६ सय १८ महिला, ४ हजार ४ सय २९ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो समय यहाँका विभिन्न स्थानीय तहका २ जनामा संक्रमण पुष्टि भएको छ । ११ जनाको पिसिआर परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो । जसमा तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकाका १÷१ जना रहेका छन् । जसमा १ जना महिला र १ जना पुरुष रहेको स्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ । योसँगै जिल्लामा पिसिआर परीक्षणबाट संक्रमण हुनेको संख्या ६ हजार ३ सय ४८ पुगेको छ । जहाँ २ हजार ४ सय ९४ जना महिला र ३ हजार ८ सय ५४ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षण भने गरिएको छैन । जिल्लामा अहिलेसम्म एन्टिजेनबाट गरिएको परीक्षणमा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ३५ पुगेको छ । जसमा २ हजार ९२ महिला र १ हजार ९ सय ४३ जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ४८ जना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लामा अहिलेसम्म ८८ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ६९ जना होम आइसोलेसनमा रहेका छन् भने १९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update