Shittalpati
मानसिक स्वास्थ्य दिवस मनाइँदै

पाल्पा, आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाईन्छ ।

सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको हो । विश्वमा अहिले मानसिक स्वास्थ्य समस्या बढ्दै गएको संगठनले जनाएको छ । बढ्दो बेरोजगारी, अव्यवस्थित जीवनशैली, असफलता, मानसिक तनाव लगायत समस्याले नेपालमा पनि मानसिक रोगीको संख्या हरेक वर्ष बढ्दै गएको चिकित्सकले बताएका छन् । मानसिक समस्या खतरनाक हुने भएकाले बेलेमै उपचार गर्न र समस्यामा परेकालाई राम्रो व्यवहार देखाउन चिकित्सकले आग्रह गरेका छन् । चिकित्सकले मानसिक समस्याको उपचारमा ध्यान नदिँदा धेरैले ज्यान गुमाउने गरेकाले बेलैमा सचेत हुन समेत सुुझाव दिएका छन् । कोभिड १९ को प्रकोपसँगै नेपालमा स्वास्थ्यक्षेत्रको सुधार र सुदृढीकरणलाई यसै गतवर्षदेखि प्राथमिकता दिइएको भए पनि सरकारी प्रयास सरुवा रोग नियन्त्रण र शारीरिक स्वास्थ्यमै केन्द्रित छ । स्वास्थ्यको मानसिक, मनोवैज्ञानिक र सामाजिक आयाम र सरोकारलाई स्वास्थ्य कार्यक्रमभित्रै पनि जनस्वास्थ्यसँग समाहित गरिएको छैन । मानसिक रोगको आकलन, बिमारी र तिनका अभिभावकलाई सहजीकरण र भरथेग गर्ने, उपचार गर्ने जनशक्ति तथा समाजिक सेवाकर्ता अत्यन्तै कम छन् ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update