Shittalpati
पाल्पामा थप ९ जना संक्रमित निको भए, २ जनामा संक्रमण

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ४, बगनासकाली गाउँपालिकाका २, रामपुर नगरपालिका, रैनादेवी छहरा गाउँपालिका र तिनाउ गाउँपालिकाका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ९ सय ४८ पुगेको छ । जसमा ५ हजार ५ सय ६१ महिला, ४ हजार ३ सय ८७ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो समय यहाँका विभिन्न स्थानीय तहका २ जनामा संक्रमण पुष्टि भएको छ । ९ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो । जसमा तानसेन नगरपालिका र माथागढी गाउँपालिकाका १/१ जना रहेका छन् । जसमा २ जना नै पुरुष रहेको स्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार १९ पुगेको छ । जहाँ २ हजार ८६ जना महिला र १ हजार ९ सय ३३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण भने गरिएको छैन । जिल्लामा अहिलेसम्म पीसीआरबाट गरिएको परीक्षणमा कोरोना संक्रमित हुनेको संख्या ६ हजार ३ सय २२ पुगेको छ । जसमा २ हजार ४ सय ७९ महिला र ३ हजार ८ सय ४३ जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ४८ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८३ जना महिला र १ सय ६५ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म १ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय २९ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update