Shittalpati
पाल्पामा शनिबार ७ संक्रमित थपिए, १८ निको

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ७ जना नयाँ संक्रमित थपिएका हुन् । ३५ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणमा २ जना महिला र ५ जना पुरुषमा संक्रमण देखिएको छ ।

जसमा तानसेन नगरपालिकाका ६ र रैनादेवी छहरा गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार २ सय ४४ पुगेको छ । जसमा २ हजार ४ सय ३४ महिला र ३ हजार ८ सय १० जना पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा १ जनाको मात्र एन्टिजेन परीक्षण गरिएको थियो । जसमा रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा अहिलेसम्म एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ९ सय २४ पुगेको छ । जहाँ २ हजार ३१ जना महिला र १ हजार ८ सय ९३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै पछिल्लो २४ घण्टामा १८ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १८ जना संक्रमित कोरोनामुक्त भएका हुन् । जसमा ९ जना महिला र ९ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन, रिब्दीकोट, बगनासकालीका २/२, माथागढी, रम्भा, तिनाउका १/१, रामपुरका ५ र रैनादेवी छहराका ४ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ७ सय ७४ पुगेको छ । यहाँ अहिलेसम्म २ सय २५ जना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लामा अहिलेसम्म १ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय ४९ जना होम आइसोलेसनमा रहेका छन् भने २० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update