Shittalpati
पाल्पा प्रशासन कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि सेवा स्थगन

पाल्पा, जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि सेवा केही समयका लागि स्थगन गरिएको छ । मंगलबार कार्यालयमा कार्यरत ९ जना कर्मचारीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ५ जना कर्मचारीमा संक्रमण देखिएपछि साउन २९ गतेसम्मका लागि कार्यालयको सेवा स्थगत गरिएको हो ।

कार्यालयले मंगलबार एक सूचना जारी गरी केही कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएकाले शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्दा तथा ठाडो उजुरी बाहेकका सम्पूर्ण सेवाहरु स्थगन गरिएको जनाएको छ । ५ जना कर्मचारीमा संक्रमण देखिएपछि अन्य कर्मचारीमा समेत संक्रमण फैलिन सक्ने र सेवाग्राही समेत जोखिममा पर्ने हुँदा साउन २९ गते शुक्रबारसम्मका लागि सबै सेवा स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी योगेनद्र प्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ । जिल्लामा संक्रमण कायमै रहेको हुँदा स्वास्थ्य मापदण्डको पालनामा जोड दिन पनि स्थानीय प्रशासनले अनुरोध गरेको छ । पाल्पामा अहिले पनि दैनिक संक्रमित थपिने र निको हुने क्रम जारी छ ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update