Shittalpati
कोरोनाबाट वडाअध्यक्ष र पत्रकारको निधन

तुलसीपुर,
कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उहाँको आज निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए ।
कोरोना सङक्रमबाट तुलसीपुर उपमहानगरपालिका १३ का वडा सदस्य केशरलाल चौधरीको निधन भएको छ । होम आइसोलेशनमा नै उनको गएराति निधन भएको जनाइएको छ । यसैगरी कोनाबाट नै बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ । पत्रकार महासङ्घ दाङका सदस्य समेत रहेका उनको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा आज अपराह्न निधन भएको हो । रेडियो हापुरेमा कार्यरत उहाँले गतहप्तामात्र कोरोनालाई पराजित गर्नुभएको स्टेशनम्यानेजर प्रेमबहादुर राम्जाले जानकारी दिनुभयो ।
जिल्लामा कोरोनाबाट दुई पत्रकारको निधन भैसकेको छ । यस अघि पत्रकार दामोदर अधिकारीको कोरोनाकै कारण निधन भएको थियो । आइतबार मात्रै पत्रकार बस्नेतका पिता टोपबहादुर बस्नेतको पनि सोही मेडिकल कलेजमा उपचारका क्रममा कोरोनाबाट निधन भएको थियो । उनी नेकपा( एमालें) जिल्ला नेता हुन । जिल्लाका एक सङ्क्रमितका बाँकेमा निधन भएको छ । भेरी अस्पतालमा उपचारमा क्रममा तुलसीपुर उपमहानगरपालिका १० का ३८ वर्षीया महिलाको गए राति निधन भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।रासस

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update