Shittalpati
एक हजार पाँच संक्रमित डिस्चार्ज

पाल्पा । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार पाँच कोरोना संक्रमित डिस्चार्ज भएका छन् । आईतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या एक हजार ५ रहेको बताए । योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ ।

आइतबार मुलुकभर ९ सय ६६ संक्रमित निको भएका थिए । सोमबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हालसम्म नेपालमा पीसीआर विधिबाट ९ लाख २३ हजार ८२३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा ९ हजार ५ सय ३३ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा ७ हजार ४ सय ३ जना रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । २४ घन्टामा थप १६ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update