Shittalpati
भारतमा एकैदिन ९२ हजार संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एक दिनमा ९२ हजार ६ सय ५ संक्रमित पुगेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ५४ लाखभन्दा बढी पुगेको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १ सय ३३ जनाको मृत्यु भएको जनाएको छ । भारतमा कुल संक्रमित मध्ये अहिले पनि दश लाख १० हजार ८२४ जना संक्रमित अवस्थामै रहेका छन् । भारतमा संक्रमित मध्ये ४३ लाख ३ हजार ४४ जना भने संक्रमणमुक्त भइसकेका छन् ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५४ लाख ६२० जना संक्रमित भएका हुन् । प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि तीन लाख एक हजार २७३ जना संक्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख एक हजार १ सय ४८ जना सक्रिय संक्रमितहरु छन् । त्यसैगरी आन्ध्र प्रदेशमा ८८ हजार १९७ जना, उत्तर प्रदेशमा ६८ हजार २३५ र दिल्लीमा ३१ हजार ७२१ जना संक्रमितहरु अहिलेपनि उपचारकै क्रममा रहेको अधिकारीहरुले जनाएका छन् । भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म छ करोड १५ लाख ७२ हजार ३४३ जनाको कोरोना परीक्षण गरिएको छ । –(रासस/एएनआई)

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update