Shittalpati
पाल्पामा थप १४ जनामा कोरोना, संक्रमितको संख्या ५ सय ३४ पुग्यो

पाल्पा । जिल्लामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाका १ महिला र १३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार रैनादेवी छहरा गाउँपालिकाका १ जना महिला, ४ जना पुरुष गरी ५ जना, बगनासकाली गाउँपालिकामा ७ जना पुरुष, तानसेन नगरपालिकाका २ जना पुरुष रहेका छन् । संक्रमित सबै भारतबाट आएको बताइएको छ । थप १४ जना संक्रमित सहित जिल्लामा संक्रमितको संख्या ५ सय ३४ पुगेको छ । रैनादेवी छहरामा थप ५ जनामा संक्रमित देखिएसँगै संक्रमितको संख्या ३८ पुगेको छ । बगनासकाली गाउँपालिका ७ जना थपिएसँगै संक्रमितको संख्या ३५ पुगेको छ । त्यस्तै तानसेन नगरपालिकामा थप २ जनामा देखिएसँगै संक्रमितको संख्या १३ पुगेको छ ।

यस अघि रामपुरमा १ सय १४, तिनाउमा ६,रम्भा गाउँपालिकामा ३९, पूर्वखोलामा १ सय ५९, रिब्दीकोटमा ५, निस्दी गाउँपालिकामा ९५,माथागढी २७, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो । १८ जना निको भई घर फर्किसकेका छन् ।

प्रकाशित मिति: शनिबार, असार २०, २०७७  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update