Shittalpati
मेडिकल कलेजमा आइसोलेशन सेण्टर

पाल्पा । जिल्लाको सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा आइसोलेशन सेण्टर बन्ने भएको छ । सय शैयाको कोभिड पोजेटिभ आइसोलेशन सेण्टर सञ्चालन हुने कलेजका प्रमुख कार्यकारी अध्यक्ष गोपाल पोखरेलले बताए । कोरोना भाइरस संक्रमितको हेरचाह र उपचार गर्न मेडिकल कलेजका तीन भवनलाई कोभिड केयर सेण्टर बनाउने कामसमेत शु्रू भएको छ ।

पाल्पा सिसिएमसी र लुम्बिनी मेडिकल कलेजको संयुक्त बैठकले सय शैया क्षमताको कोभिड आइसोलेशन सेण्टर बनाउने निर्णय गरेकोे अध्यक्ष पोखरेलले बताए । प्रदेश पाँच सरकारको सामाजिक विकास मन्त्रालय र जिल्लास्थित सिसिएमसीको सहयोगमा कोभिड सेण्टर सञ्चालनमा ल्याउन लागिएको हो । –रासस

प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update