माथागढीमा सार्वजनिक सुनुवाई : खानी प्रभावितका नागरिक भन्छन् ‘हामीले सुरक्षा पाएनौं’
बिहीबार, फागुन २६, २०७८
झडेवामा खुर्सानी वितरणसँगै अभिमुखिकरण
बिहीबार, फागुन २६, २०७८
जिल्लाको माथागढी गाँउपालिका–४ झडेवामा खुर्सानी वितरणसँगै अभिमुखीकरण कार्यक्रम गरिएको छ । गाउँपालिकाको एक गाउँ एक उत्पादन खुर्सानी पकेट कार्यक्रम अन्तर्गत खुर्सानी बिउ वितरण तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो । झडेवालाई खुर्सानी पकेट क्षेत्रको रूपमा विस्तार गर्ने गरी गाउँपालिकाले यहाँका विऊ वितरण र विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ ।
विकासको गलत अभ्यास
बिहीबार, फागुन २६, २०७८
विकास परिवर्तनको सकारात्मक सूचक हो । विकासले नै सम्बन्धित क्षेत्रका नागरिकहरुको अवस्थालाई प्रष्ट रुपमा चित्रित गर्दछ । नेपालमा विकासका अभ्यासलाई हेर्ने हो भने दुई धारमा देखिन्छ । सकरात्मक विकास र नकारात्मक विकास । जहाँ सकरात्मक विकास भएको छ त्यहाँ स्वभाविक रुपमा जनता सम्पन्न र खुसी छन् । तर नकारात्मक रुप...
भत्कियो तानसेनको अमर नारायण मन्दिर, अनिष्ट हुने पुजारीको आशंका
बिहीबार, फागुन २६, २०७८
तानसेन नगरपालिका २ नारायणस्थानमा रहेको अमर नारायण मन्दिर भत्किएको छ । मन्दिरको दक्षिण र पूर्व तर्फको मध्य भागको छाना सहितको भाग भत्किएको हो ।
नेपालमा दोब्बरले मूल्यवृद्धि हुने खतरा : बिष्ट
बुधबार, फागुन २५, २०७८
नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण बिष्टले नेपालमा दोब्बरले मूल्यवृद्धि हुने खतरा निरन्तर बढिरहेको बताएका छन् । गृह जिल्ला गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएको एकीकृत बस्तीमा पीडितहरुलाई घर हस्तान्तरण गर्दै बिष्टले नेपालमा दोब्बरले मूल्यवृद्धि हुन सक्ने खतरा बढिरहेको बताएका हुन् ।
बुधबार थप २ जनामा कोराना, १ संक्रमणमुक्त
बुधबार, फागुन २५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २ जनामा संक्रमण पुष्टि भएको हो । २ जनाको पीसीआर परीक्षण गर्दा २ जनामा नै संक्रमण देखिएको छ ।
पाल्पामा अवैध लागूऔषधसहित चार जना युवा पक्राउ
बुधबार, फागुन २५, २०७८
अवैध लागूऔषधसहित प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट लागूऔषध ओसारपसारमा संलग्नहरूलाई प्रक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय अनुसार तानसेन नगरपालिका–७ बाँसटारीस्थित सिद्धार्थ राजमार्गबाट दुई जना र रिब्दीकोट गाउँपालिका वडा २ दमक र ३ डुम्रीका स्थित हार्थोक–सर्देवा कच्ची सडक खण्डबाट दुई जनालाई अवैध लागूऔषधसहित पक्राउ...
कुसुम सहकारीले गर्यो महिलाहरुलाई सम्मान
बुधबार, फागुन २५, २०७८
तानसेनमा वित्तिय कारोबार सञ्चालन गर्दै आएको कुसुम बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लाका उद्यमी तथा विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरुलाई सम्मान गरेको छ । सहकारीले आर्थिक, सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै महिलाहरुलाई सम्मान गरेको हो ।
नेष्डो समृद्ध लघुवित्तको आइपिओ बाँडफाँड
बुधबार, फागुन २५, २०७८
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बाँडफाँड गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले मंगलबार साधारण शेयरको बाँडफाँड गरेको हो ।
रेसुङ्गा विमानस्थलबाट बैशाखदेखि नियमित उडानको तयारी, पूर्वमन्त्री ज्ञवाली सहित सरकारी टोलीद्वारा निरीक्षण
बुधबार, फागुन २५, २०७८
गुल्मी जिल्लाको गौरवको रुपमा निर्माण हुँदै आएको रेसुङ्गा विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा १० सिमीचौर स्थित रेसुङ्गा विमानस्थलको नियमित उडानको तयारी हुँदैछ । विमानस्थलको पछिल्लो अवस्था र नियमित उडानका लागि पूर्वमन्त्री प्रदीप ज्ञवाली सहित सरकारी टोलीले निरीक्षण गरेको छ । निर्माणधिन...
इन्धनमा अचाक्ली कर कम गर
बुधबार, फागुन २५, २०७८
इन्धनमा यति बेला अचाक्ली मूल्य वृद्धि भएको छ । विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाउँदै नेपाल आयल निगमले पनि नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य अहिलेसम्मकै उच्च बनाएको छ । खरीद मूल्यभन्दा दोब्बर बढी मूल्य लिएको भन्दै नेपाल आयल निगमको चर्को विरोध भएको छ ।


