गुल्मीमा चौथो गुल्मी महोत्सव सञ्चालन हुने
मंगलबार, फागुन २४, २०७८
पाल्पामा मंगलबार थप १ संक्रमणमुक्त, १ जनामा कारोना
मंगलबार, फागुन २४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा रैनादेवी छहरा गाउँपालिकाका १ जना संक्रमित कोरोनामुक्त भएको पाइएको हो ।
रिब्दीकोट गाउँपलिकामा चार दलले गरे भ्रष्टाचार र अनियमितताको विरोध
मंगलबार, फागुन २४, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिकामा व्यापक भ्रष्टाचार र अनियमितता भएको भन्दै चार दलले विरोध जनाएका छन् । गाउँपालिकामा संक्रिय चार दल नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एकिकृत समाजवादीले संयुक्त विज्ञप्ती जारी गर्दै गाउँपालिकाबाट भएका भ्रष्टाचार र अनियमितता विरुद्ध विरोध जनाएका हुन् ।
गोलभेँडाबाट आत्मनिर्भर बन्दै लघुवाका महिला
मंगलबार, फागुन २४, २०७८
परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि भेगका किसानको जीवन शैलीमा परिवर्तन देखिएको छ । गोलभेँडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी लघुवावासी यतिबेला व्यावसायिक गोलभेँडा खेतीका लागि प्रख्यात बनेका छन् ।
आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै
मंगलबार, फागुन २४, २०७८
हरेक वर्ष जस्तै यस वर्ष पनि नेपालमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस आज विविध कार्यक्रम गरी मनाउन लागिएको हो । नारी आन्दोलनकी अभियान्ता क्लारा जेटकिनले सन् १९११ मार्च ८ का दिन महिला कामदार माथिको श्रम शोषण विरुद्धको आवाज उठाएको दिनको सम्झनामा यो दिनलाई अन्तर्राष्ट्रिय...
कुप कार्ड सम्बन्धी ग्लोबल आइएमईको त्रिपक्षीय सम्झौता
मंगलबार, फागुन २४, २०७८
ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज बीच सहकारी पहिचान सहितको कुप कार्ड (एटीएम) जारी गर्ने सम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ । एससिटीसँगको सहकार्यमा बैंकले छिट्टै सदस्य सहकारी संघ–संस्था मार्फत सहकारीमा आवद्ध सदस्यलाई एटीएम कार्ड प्रदान गर्ने गरी त्रिपक्षीय सम्झौता गरेको हो ।
नारी दिवस मनाउनुको सार्थकता
मंगलबार, फागुन २४, २०७८
आज ‘मार्च ८’लाई संसारभरी अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा पनि यो दिन विभिन्न कार्यक्रम गरी मनाइन्छ । विशेषगरी यस सन्दर्भमा नारी स्वतन्त्रता तथा सशक्तीकरणको सवालमा धेरै चर्चा गर्ने गरिन्छ र बराबरी हिस्सेदारीको माग पनि हुने गर्छ । आजका दिनमा यी मुद्दा जति सशक्त ढंगले उठाउन सम्भव छ,...
रेडक्रसले दियो पाल्पा अस्पताल र स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री
सोमबार, फागुन २३, २०७८
नेपाल रेडक्रस सोसाईटी पाल्पाले जिल्ला अस्पताल पाल्पा र जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाईटी पाल्पाका सभापति बुद्धि प्रसाद शर्माले पाल्पा अस्पताल विकास समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डे र जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत लेखनाथ अर्याललाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन ।
पाल्पा काँग्रेसले मनोनीत गर्यो सल्लाहकार, सदस्य र प्रवक्ता
सोमबार, फागुन २३, २०७८
नेपाली काँग्रेस पाल्पाले सल्लाहकार, सदस्य र प्रवक्ता मानोनीत गरेको छ । नेपाली काँग्रेसले पार्टीको विधान अनुसार १७ जना सहल्लाकार, चार जना कार्यसमिति सदस्य र प्रवक्ता मनोनीत गरेको हो । नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले नेपाली काँग्रेसको विधानको धारा १२ (७) ‘ज’ र १२.५ ख २ अनुसार सल्लाहकार, सदस्य र...
पाल्पामा सोमबार थप ४ कोरोना संक्रमित संक्रमणमुक्त
सोमबार, फागुन २३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ४ जना महिलाहरु संक्रमणमुक्त भएका हुन् ।
एकै घरका पाँच जनाको मृत्यु
सोमबार, फागुन २३, २०७८
ललितपुर कोन्जोसोम गाउँपालीका–४ नल्लुमा एकै परिवारका चारजना मृत भेटिएका छन् । अचेत अवस्थमा फेला परेका दुई जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।
पाल्पामा रोकिएन अवैध गिट्टी–बालुवा चोरी निकासी, चोरी गर्ने ट्याक्टर धमाधम प्रहरी फन्दामा
सोमबार, फागुन २३, २०७८
अवैधरुपमा जिल्लाका विभिन्न नदी र खोलाबाट नदीजन्य वस्तुको व्यापक उत्खनन् र चोरी निकासी हुने गरेको छ । कालीगण्डकी नदी र रामपुर आसपास खोलाहरुबाट रामपुर क्षेत्रमा सबैभन्दा बढी मात्रामा गिट्टी–बालुवा चोरी निकासी हुँदै आएको पाइन्छ । राम्दी क्षेत्रबाट समेत दैनिकजसो बालुवा निकालेर जिल्लामै र स्याङ्जातर्फ निकासी हुँदै आएको स्थानीय बताउँछन् ।


