कम्युनिष्टले गरेका झुठा प्रचारको भ्रम चिर्न काँग्रेस गाउँ–गाउँमा : नेता कोईराला
शुक्रबार, फागुन २७, २०७८
अमरनारायण मन्दिर पुनर्निर्माण प्रति विश्व हिन्दु महासंघको चासो
शुक्रबार, फागुन २७, २०७८
अमरनारायण मन्दिर पुनर्निर्माणप्रति विश्व हिन्दु महासंघ पाल्पाले चासो देखाएको छ । मन्दिरको छानो भत्किएपछि महासंघले चासो व्यक्त गर्दै त्यसको पुनर्निर्माण गरिनुपर्ने बताएको हो । तानसेन नगरपालिका २ नारायणस्थानमा रहेको अमर नारायण मन्दिरको दक्षिण र पूर्वतर्फको मध्य भागको छाना सहितको भाग गत बुधबार अकस्मात भत्किएको थियो ।
रामपुरबाटै पुनःअवैध बालुवा निकासी गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
शुक्रबार, फागुन २७, २०७८
पछिल्लो समय रामपुरमा अवैध बालुवा निकासी गर्ने सवारी साधन प्रहरी फन्दामा पर्ने गरेका छन् । पुनः रामपुरबाटै अवैध बालुवा निकासी गर्ने एक ट्याक्टर प्रहरी फन्दामा परेको छ । विहिबार प्रहरीले रामपुर–३,निस्दी खोलाबाट लु ४ त ७६८१ नम्वरको ट्याक्टरलाई बालुवा निकालिरहेकै अवस्थामा नियन्त्रणमा लिएको हो ।
तानसेन–तम्घास सडकखण्ड १२ दिनसम्मका लागि रातिमा बन्द
शुक्रबार, फागुन २७, २०७८
तानसेन–तम्घास सडक खण्ड १२ दिनसम्मका लागि रातिमा बन्द भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिकाको जोर्ते भीर क्षेत्रको कडा चट्टान काटी सडक स्तरन्नोती गर्ने कामका लागि फागुन २६ गतेदेखि चैत्र ७ गतेसम्मका लागि सडक बन्द गरिएको हो ।
महिलाहरुका लागि आकर्षक बचत खाता
शुक्रबार, फागुन २७, २०७८
सनराइज बैंकले महिलाहरुका लागि विशेष योजना ल्याउन लागेको छ । बैंकले नारी बचत खाता खोल्नेहरुका लागि विशेष सुविधाहरु सहित ‘नारी बचत खाता’ ल्याउन लागेको हो । उसले चैत १ गतेदेखि ‘नारी बचत खाता’ विशेष अफर ल्याउन लागेको जनाएको छ ।
माथागढीको भैसीकट्टामा बाख्रा वितरण
शुक्रबार, फागुन २७, २०७८
जिल्लाको माथागढी गाउँपालिका ३ भैसीकट्टामा बाख्रा वितरण गरिएको छ । माथागढी कृषि तथा पशु उद्यमशिलता विकास परियोजनामार्फत देउराली स्वावलम्बी महिला समूहलाई बाख्रा वितरण गरिएको हो । यहाँ देउराली स्वावलम्बी महिला मूल समूहका १० जना सदस्यहरुलाई बाख्रा प्रदान गरिएको छ ।
महँगी नियन्त्रणमा गम्भीर बन
शुक्रबार, फागुन २७, २०७८
रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण देखाउदै नेपालमा महँगी चुलिएको छ । हरेक उपभोग्य सामानमा अस्वभाविक मूल्यवृद्धि हुन गएपछि आमजनताको दैनिकी निकै गाह्रो हुन पुगेको छ । दैनिक भान्सा चलाउनै मुस्किल भएपछि सर्वसाधरणमा सरकारप्रति दिनानुदिन आक्रोश बढ्दो छ । रूसले युक्रेनमाथि गरेको हमलाका कारण यो सबै हुन गएको हवाला दिने गरिएको...
लुम्बिनी प्रदेश काँग्रेसले उपसभापति श्रेष्ठलाई दियो प्रशिक्षणको जिम्मेवारी
बिहीबार, फागुन २६, २०७८
नेपाली काँग्रेस लुम्बिनी प्रदेशले उप–सभापति भुवनप्रसाद श्रेष्ठलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी प्रदान गरेको छ । पार्टीको नियमावलीको धारा ३३ को २ (क) बमोजिम सभापति अमर सिंह पुनले उप–सभापति श्रेष्ठलाई प्रशिक्षण विभागको प्रमुखमा चयन गरेका हुन् ।
होटल व्यवसाय, होमस्टे र पर्यटन सम्बन्धी अन्तक्रिया
बिहीबार, फागुन २६, २०७८
जिल्लाको कालीगण्डकी गाउँपालिका–७ धुवाखोला होमस्टे गुल्मीमा होटल व्यवसाय, होमस्टे सञ्चालन र पर्यटन सम्बन्धी अन्तक्रिया भएको छ ।
पाल्पाको माथागढीमा आगो ताप्ने क्रममा जलेर महिलाको ज्यान गयो
बिहीबार, फागुन २६, २०७८
जिल्लाको माथागढी गाउँपालिका ३ मा आगो ताप्ने क्रममा जलेर एक महिलाको ज्यान गएको छ । माथागढी–३ की ६२ वर्षीया सुमित्रा कुमालको आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर ज्यान गएको हो ।
सङ्खुवासभा दुर्घटना : मृतकको संख्या १४ पुग्यो, पाँच घाइते
बिहीबार, फागुन २६, २०७८
सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
पाल्पामा छायाँकन भएको ‘परदेशी–२’ दशैंमा
बिहीबार, फागुन २६, २०७८
बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘परदेशी –२’ आउँदो दशैंमा प्रदर्शनमा आउने भएको छ । पाल्पाका विभिन्न स्थानमा छायाँकन गरिएको नारायण रायमाझी निर्देशित चलचित्र आगामी दशैंको अवसरमा प्रदर्शनमा आउने पक्का भएको हो ।


