गाईको शोकमा किरिया ...
मंगलबार, चैत १, २०७८
गुराँसै फूल्यो वनैमा...
मंगलबार, चैत १, २०७८
कहिल्यै पनि वन जंगलमा नपुगेका युवायुवतीको लर्को अहिले जंगली क्षेत्रमा देख्न सकिन्छ । युवकयुवती गुराँस र हिमाललाई पृष्ठभूमिमा पारेर तस्वीर खिच्न पाउँदा मख्ख छन् । लालीगुराँससँगै रमाउने र तस्वीर खिचाउनेमा युवा पुस्ता मात्रै होइन जनप्रतिनिधिदेखि लिएर राजनीतिक दलका नेताहरु पनि रहेका छन् ।
आर्थिक अभावमा छट्पटाएका घर्तीले पाए उपचार
मंगलबार, चैत १, २०७८
आर्थिक अभावका छट्पटाइरहेका जिल्ला इस्मा गाउँपालिका –५ गुल्मीका २६ वर्षीय टोपबहादुर घर्तीले निःशुल्क उपचार पाएका छन् । खुट्टामा घाउभई थला परेका घर्तीले आर्थिक अभावमा उपचार पाउन नसकेका बेला गुल्मी अस्पताले निःशुल्क उपचार गरिदिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वयमा अस्पतालले निःशुल्क उपचार गरिदिएको छ ।
बरजु गुठी पाल्पाद्वारा नीलसागरलाई लत्ता, कपडा र भोजन
मंगलबार, चैत १, २०७८
बरजु गुठी पाल्पाले तानसेनस्थित भूषालडाँडामा रहेको नीलसागर सेवाश्रमलाई लत्ता, कपडा र भोजन दिएको छ । गुठीले सोमबार एक औपचारिक कार्यक्रमका बिच सेवाश्रममै पुगेर लत्ता, कपडा र भोजन दिएको हो ।
उपभोक्ता अधिकार दिवस
मंगलबार, चैत १, २०७८
विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि उपभोक्ता हितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर आज मनाइँदैछ । खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने गर्दछन् ।
माथागढीका शिक्षकलाई प्रविधि प्रयोग सम्बन्धी प्रशिक्षण
सोमबार, फागुन ३०, २०७८
जिल्लाको माथागढी गाउँपालिकाका शिक्षकहरुलाई प्रविधि प्रयोग सम्बन्धी प्रशिक्षण दिइएको छ । गाउँपालिकाले वडा नं १, २ र ३ भित्रका शिक्षकहरुलाई तीन दिने प्रविधि प्रयोग सम्बन्धी कार्यशालामार्फत प्रशिक्षण दिएको हो ।
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
सोमबार, फागुन ३०, २०७८
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले सोमबार सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
तानसेनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सोमबार, फागुन ३०, २०७८
जिलाको तानसेन नगरपालिका–५ ढुङ्गाखानीस्थित तानसेन गुल्मी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । तानसेनबाट हार्थोकतर्फ जाँदै गरेको लु १४ प ६८६४ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक रिब्दीकोट गाउँपालिका –४ भैरवस्थानका २० वर्षीय भरत गोदारको मृत्यु भएको हो ।
पाल्पामा काँग्रेसको वृहत भेला, जनताको घर–घरमा पुगेर एमसीसीबारेको दुष्प्रचार र भ्रम चिर्ने
सोमबार, फागुन ३०, २०७८
नेपाली काँग्रेस पाल्पाले वृहत जिल्ला भेला गरेको छ । काँग्रेसले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान अन्तर्गत आइतबार तानसेनमा वृहत जिल्ला भेला आयोजना गरेको हो । भेलामा बोल्ने अधिकांश वक्ताहरुले जनताको घर–घरमा पुगेर एमसीसीबारे छरिएका भ्रम र दुष्प्रचार चिर्ने बताएका छन् ।
बगनासकालीको खानीछाप बन्यो ‘पूर्ण सरसफाईयुक्त वडा’
सोमबार, फागुन ३०, २०७८
जिल्लाको बगनासकाली गाउँपालिका–४ खानीछापलाई पूर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको छ । नियमित रुपमा चर्पीको प्रयोग, महत्वपूर्ण अवस्थाहरुमा साबुन पानीले हातधुने, पिउने पानीको सुरक्षित व्यवस्थापन र शुद्धिकरण, व्यक्तिगत सरसफाई तथा स्वच्छतामा सुधार तथा घरभित्र र बाहिरका फोहोरमैलाको उचित व्यवस्थापन लगायतका मापदण्ड पूरा गरी वडालाई पूर्ण सरसफाईयुक्त घोषणा गरिएको हो ।
टीभीएस रेडर १२५ लाई इण्डियन उपाधि
सोमबार, फागुन ३०, २०७८
टीभीएस रेडर १२५ ले प्रतिष्ठित भारतीय अवार्ड, इन्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधि पाउन सफल भएको छ । टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै टीभीएस रेडरले उपाधि हात पार्न सफल भएको हो ।
अर्थतन्त्र सुधारमा गम्भीर बन
सोमबार, फागुन ३०, २०७८
कोरोना महामारीका कारण थिलोथिलो परेको अर्थतन्त्र थप संकटतर्फ उन्मुख भएको देखिएको छ । अर्थतन्त्रका सबै सूचकहरू यतिबेला नकारात्मक छन् । विदेशी विनिमय सञ्चितिमा परेको दबाब कम गर्न सरकार आयात नियन्त्रणमा उत्रिएको छ । यसले बजारमा अराजकताको खतरा बढेकोमात्र होइन, संकेत देखा परिसकेको छ । तरलता संकट छ ।


