नवजनचेतना राष्ट्रिय दैनिक २०७८ फागुन ३० गते सोमबार
सोमबार, फागुन ३०, २०७८
प्रतिनिधिसभाको बैठक चैत २ गते
आइतबार, फागुन २९, २०७८
प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार बस्ने भएको छ । एमालेको अवरोधबीच आइतबार सञ्चालन भएको बैंठकमा केही प्रस्ताव पेश गर्दै अर्को बैंठक चैत २ गेत रखिएको हो ।
आवश्यकता अनुसार स्थानीयतहमा गठबन्धन हुन्छ : काँग्रेस नेता कोइराला
आइतबार, फागुन २९, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्थानीयतहमा आवश्यकताका आधारमा मात्र गठबन्धन हुने बताएका छन् । काँग्रेसले सञ्चालन गरेको घर–घर जाऔं, काँग्रेस जिताऔं अभियान सफल बनाउन केन्द्रबाट प्रतिनिधिको रुपमा गुल्मी आएका कोइरालाले आइतबार बीपी स्मृति भवन तम्घासमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा मात्र गठबन्धन गरिने उल्लेख गरे ।
तानसेन नगर सरकारको ‘छोरी शिक्षा’ कार्यक्रम
आइतबार, फागुन २९, २०७८
पढ्ने इच्छा भएका तर आर्थिक अभावबाट बञ्चित छोरीहरुलाई लक्षित गरेर तानसेन नगर सरकारले ‘छोरी शिक्षा’ कार्यक्रम शुरु गरेको छ । दलित, जनजाती, अल्पसंख्यक तथा अन्य समुदायका अधिकाश छात्राहरु आधारभुत तहसम्म अध्ययन गरी सो भन्दा माथि अध्ययन गर्ने हैसियत नभएका, चेतना र गरीवीले पिल्सीएका छोरीहरुलाई लक्षित गरी नगर सरकारले छोरी शिक्षा...
रोकौं सडक दुर्घटना
आइतबार, फागुन २९, २०७८
सडक सुरक्षा सम्बन्धी अत्यावश्यक प्रणाली नबनाइँदा वर्षेनि बढ्दो सडक दुर्घटनाका कारण देशले आर्थिक रूपमा सक्रिय ठूलो जनसंख्या गुमाइरहेको छ । गत बिहीबार मात्र संखुवासभाको मादीमा भएको बस दुर्घटनामा १५ जनाले ज्यान गुमाए । घुम्तीमा तीव्र गतिका कारण बस दुर्घटना भएको खुलेको छ । यो त एउटा प्रतिनिधि घटना मात्र हो ...
‘संक्रमण घटे पनि जोखिम यथावत्’
शनिबार, फागुन २८, २०७८
मुलुकमा कोभिड–१९ को संक्रमण क्रमश : कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको बताउँदै चिकित्सकहरूले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न सुझाएका छन् ।
बगनासकालीको खानीछाप वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन थाल्यो
शनिबार, फागुन २८, २०७८
जिल्लाको बगनासकाली गाउँपालिका –४ खानीछाप वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएको छ । विद्यालयको साँघुरो कोठाबाट सञ्चालन भएको वडा कार्यालयको अहिले आफ्नै भवन निर्माण भएको हो ।
१२ अर्ब ४६ करोडको धान आयात
शनिबार, फागुन २८, २०७८
धान उत्पादनमा उल्लेख्य सफलता हासिल गर्न नसक्दा नेपालमा बर्सेनि धान आयातको दर बढिरहेको छ । चालू आर्थिक वर्षको पहिलो सात महिनामा मात्र १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरको धान आयत भएको छ ।
रेग्मीद्वारा लिखित ‘अमर पात्र’को तानसेनमा परिचर्चा
शनिबार, फागुन २८, २०७८
पाल्पाली साहित्यकार तथा समीक्षक पुस्कर अथक रेग्मीद्वारा लिखित ‘अमर पात्र’ को तानसेनमा परिचर्चा गरिएको छ । शनिबार पाल्पा साहित्य समाजले साहित्यकार रेग्मीको ऐतिहासिक नाटक संग्रह ‘अमर पात्र’को एक औपचारिक कार्यक्रमका बिच परिचर्चा गराएको हो ।
अव्यवस्थित बसोबासीलाई आवेदन गर्न माथागढीको आह्वान
शनिबार, फागुन २८, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिनभित्र आवेदन गर्न आÞवान गरेको छ । लामो समयदेखि थाँती रहेको अव्यवस्थित बसोबासीको समस्या यथाशक्य चाँडो समाधान गर्न गाउँ सरकारले आवेदन आह्वान गरेको हो ।
रकम उठाएर शिवालय मन्दिर निर्माण
शनिबार, फागुन २८, २०७८
जिल्लाको मुसिकोटमा रकम उठाएर शिवालय मन्दिर निर्माण गरिएको छ । मुसिकोट नगरपालिका–२ पात्लाकोटमा रकम सहयोग जुटाएर गाउँमा शिवालय मन्दिरको निर्माण गरिएको हो ।
गठबन्धनमा अलमल
शनिबार, फागुन २८, २०७८
निर्वाचनको घोषित मिति आउन ६२ दिन मात्र बाँकी छ । आयोग विस्तारै आचार–संहिता लागू गर्ने सुरसारमा छ । तर, केन्द्रमा दलहरूको तताइ सुस्त नै देखिन्छ ।


