Shittalpati
रकम उठाएर शिवालय मन्दिर निर्माण

गुल्मी, जिल्लाको मुसिकोटमा रकम उठाएर शिवालय मन्दिर निर्माण गरिएको छ । मुसिकोट नगरपालिका–२ पात्लाकोटमा रकम सहयोग जुटाएर गाउँमा शिवालय मन्दिरको निर्माण गरिएको हो ।

धार्मिक, सांस्कृतिक संरक्षण गर्ने उद्देश्यले यहाँका आमा समूह, सामाजिक संघसंस्था, स्वदेश तथा विदेशमा रहेका केही व्यक्तिहरुबाट सहयोग रकम उठाएर मन्दिर निर्माण गरिएको मन्दिर निर्माण आर्थिक समिति संयोजक गोकर्ण आचार्यले बताए । उनका अनुसार मालिका जागृति आमा समूहको सक्रियता र आमा समुहको २ लाख, ७० हजार सहयोग रकमले शिवालय मन्दिर निर्माण कार्यको शुरुवात गरिएको थियो । पछि विभिन्न संघसंस्था, स्वदेश तथा विदेशमा रहेका केही व्यक्तिहरुबाट रकम सहयोग भएपछि मन्दिर पूर्ण रुपमा निर्माण सम्पन्न भएको थियो । मन्दिरको गत २०७८ बैशाख ११ गतेदेखि निर्माण कार्य थालि गत फागुन १५ गते सकिएको थियो । ६ लाखको लागतमा निर्माण भएको मन्दिरको गत फागुन १७ गते महाशिवरात्रीको अवसरमा विधिवत रुपमा उद्घाटन गरी दैनिक बिहान र बेलुका मन्दिरमा पुजा आरधना गरिदै आइएको मन्दिर व्यवस्थापन समितिका आर्थिक संयोजक आचार्यले जानकारी दिए । मन्दिर निर्माणका लागि यस क्षेत्रका स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरुबाट ८ लाख बरावर आर्थिक संकलन भएको थियो ।
–पत्रकार कौरव खत्रीको सहयोगमा

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update