Shittalpati
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन, शल्यक्रिया सेवा सञ्चालन  गर्ने तयारी 

पाल्पा, पाल्पा अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ ।  प्लान्ट सञ्चालनमा आएसँगै जिल्लामा लामो समयदेखि  अक्सिजन अभावको समस्या समाधान हुने देखिएको छ । पाल्पामा अक्सिजन प्लान्ट नहुँदा बुटवल भैरहवाबाट ल्याउनु पर्ने बाध्यता रहेको थियो । जिल्लामै अक्सिजन प्लान्ट सञ्चालन भएपछि अन्य अस्पताल तथा विरामीहरुलाई सजिलो भएको छ । 
प्लान्टको तानसेन नगरपालिकाकी उप–प्रमुख प्रतिक्षा गाहा सिंजालीले मेशिनको स्विच थिचेर सुचारु गरेकी छन् । प्लान्ट सञ्चालनपछि  पाल्पा अस्पतालमा भर्ना हुने बिरामी मात्र नभई लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल, रामपुर अस्पताल तथा जिल्लाका निजी मेडिकल र क्लिनिकहरूलाई समेत अक्सिजन सिलिण्डर आपूर्ति गर्न सहज हुने उपप्रमुख सिंजालीले बताईन् ।  पाल्पामा मासिक रूपमा ४ सय देखी ५ सय संख्यामा अक्सिजन सिलिण्डर खपत हुने गरेको छ । अक्सिजन प्लान्टमै  अक्सिजन सिलिण्डर सानो ३५० रुपैया र ठुलो  ६५० रुपैया सम्ममा खरिद  विक्रि हुने गरेको छ ।  पाल्पामै अक्सिजन उत्पादन हुँदा अस्पतालहरुको ढुवानी खर्च र समयको बचत हुने भएको छ । 

अक्सिजन प्लान्ट भएसँगै अस्पतालले नयाँ बर्षको दोस्रो हप्ता भित्रमा  शल्यक्रिया सेवा सुरु गर्ने योजना बनाएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र पौडेलल जानकारी दिए । अक्सिजन प्लान्ट सञ्चालन पाल्पाका सबै अस्पताल तथा  विरामीको लागी सजिलो भएको डा. पौडेलले बताए ।  अक्सिजन प्लान्ट सञ्चालनले अस्पतालको ठूलो पूर्वाधार थपिएको  अस्पतालका प्रशासन प्रमुख डोमराज अर्यालले बताए ।  पाल्पा अस्पताललाई सुविधायुक्त, विश्वसनीय र भरपर्दाे बनाउन अक्सिजन प्लान्ट महत्वपूर्ण रहेका पाल्पा अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यले बताए । अक्सिजनको अभावमा कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य रहेको समितिका अध्यक्ष कर्माचार्यले जोड दिए ।  अक्सिजन प्लान्टलाई नियमित र व्यस्थित रुपमा सञ्चालन गर्न दैनिक रुपमा विहान ६ देखी १० बजेसम्म, दिउसो ३ बजेदेखी आवश्यकताको आधारमा संचालन गर्ने र दैनिक २० वटा सम्म सिलिण्डर भर्ने गरी कार्यतालिका निर्माण गरेको अस्पतालले जनाएको छ । कोभिडको समयमा लामो प्रयासबाट पाल्पा अस्पतालमा स्थापना भएको अक्सिजन प्लान्ट विगत १ बर्षदेखी विग्रिदा जिल्लाका अस्पताहरु  अक्सिजनका लागि बुटवल वा अन्य शहरको भर पर्नुपर्ने बाध्यता थियो । अक्सिजन प्लान्टको  विषय विशेषज्ञ, दक्ष  प्राविधिक द्धारा मर्मत गरी  सञ्चालनमा आएको हो । 
 

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update