Shittalpati
बरजु गुठी पाल्पाद्वारा नीलसागरलाई लत्ता, कपडा र भोजन

पाल्पा, बरजु गुठी पाल्पाले तानसेनस्थित भूषालडाँडामा रहेको नीलसागर सेवाश्रमलाई लत्ता, कपडा र भोजन दिएको छ । गुठीले सोमबार एक औपचारिक कार्यक्रमका बिच सेवाश्रममै पुगेर लत्ता, कपडा र भोजन दिएको हो ।

उसले आश्रममा रहेका असाहय वृद्धवृद्धाहरुका लागि कपडा, जुत्ता, पानी ट्याड्ढरसँगै भोजनदान गराएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रलाई लत्ता, कपडा र भोजन उपलब्ध गराइएको गुठीका अध्यक्ष सुरेशमान बुद्धाचार्यले बताए । विभिन्न दाताहरुबाट प्राप्त भएको सहयोग सेवाश्रमलाई दिइएको अध्यक्ष बुद्धाचार्यले बताए । उनका अनुसार ६० हजार बराबरको सामग्री वितरण गरिएको हो । सहयोग सामग्री गुठीका अध्यक्ष बुद्धाचार्यले सेवाश्रमका संयोजक देवप्रसाद बज्राचार्यलाई हस्तान्तरण गरेका थिए । सामग्री ग्रहण गर्दै सेवाश्रमका संयोजक बज्राचार्यले संस्थाप्रति गुठीले देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको भन्दै गुठीलाई धन्यवाद दिए । काठमाडौं निवासी सुनिता कोलाक्ष्यपतीले मिष्ठान भोजन, श्रामेर भिक्षु श्रद्धेय सासन पाल, सुरेशमान बुद्धाचार्य, कासस सुरज शाक्य, ज्ञानेन्द्रकाजी शाक्य, राजेशबहादुर बज्राचार्यले पानी ट्याड्ढर, गुठीका निवर्तमान अध्यक्ष केशवलाल बज्राचार्यले कपडा, संस्थाका अध्यक्ष सुरेशमान बुद्धाचार्य, सल्लाहकार बुद्धरत्न शाक्य, कासस नारायणबहादुर बज्राचार्य, राजेश बज्राचार्य, ज्ञानेन्द्रकाजी शाक्य, सदस्य विमलमान बज्राचार्यले कपडा र जुत्ता सहयोग गरेका थिए ।

सोही अवसरमा गुठीका महासचिव दिनेशबहादुर बज्राचार्य र गुठीका सचिव बसन्तलाल बज्राचार्यले आश्रममा खानेपानीको चरम समस्या रहेकाले एक/एक ट्याड्ढर पानी र आवश्यक औषधीको व्यवस्था गरिदिने प्रतिवद्धता व्यक्त गरेका छन् । गुठीका अध्यक्ष सुरेमान बुद्धाचार्यको अध्यक्षता, निर्वमान अध्यक्ष केवशलाल बज्राचार्यको धन्यवाद, महासचिव दिनेशबहादुर बज्राचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update