Shittalpati
टीभीएस रेडर १२५ लाई इण्डियन उपाधि

काठमाडौं (एजेन्सी) । टीभीएस रेडर १२५ ले प्रतिष्ठित भारतीय अवार्ड, इन्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधि पाउन सफल भएको छ । टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै टीभीएस रेडरले उपाधि हात पार्न सफल भएको हो । आईएमओटीवाई उपाधिको छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यीय निर्णायक मण्डलको गठन गरिएको थियो । निर्णायक मण्डलका सदस्यहरुमा अटो टुडेका एसोसिएट एडिटर राहुल घोष, अटो टुडेका सिनियर स्पेशल करेस्पोन्डेन्ट दिप्यन दत्ता, अटोएक्सका रोड टेष्ट एडिटर शिवांक भट्ट लगायत सम्मिलित रहेका थिए ।

इन्डिया टुडे उल्लेखित लेखद्वारा निर्णायक मण्डलीका सदस्यहरुको विशेषज्ञाले पूर्ण प्रमाणिकरण प्रदान गर्ने हुँदा आईएमओटीवाई सवारी साधन उद्योगमै सर्वाधिक प्रतिष्ठित अवार्डका रुपमा स्थापित छ । ‘टीभीएस रेडरलाई यस्तो प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरिँदा हामी निकै गौरवान्वित छौँ । यसका श्रेय हामी समग्र टीभीएस मोटर्सको टिम लगायत टीभीएस रेडारलाई माया गर्नुहुने समग्र उपभोक्तालाई दिन चाहान्छौँ’, भीएस मोटर्सका वरिष्ठ उपाध्यक्ष मार्केटिङ अनिरुढ हल्दारले भने । यस वर्ष टीभीएस रेडरले भारतीय बजारमा दुई पांग्रे सवारी साधनको श्रेणीमै सर्वाधिक बिक्रीसहित अग्रता हात पार्न सफल भएको कम्पनीले जनाएको छ । टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययीता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरुमा स्थिरताका लागि परिचित छ । मितव्ययी मूल्यमा अत्याधुनिक फिचर सुसज्जित टीभीएस रेडरले नेपालमा पनि उत्तिकै लोकप्रियता पाइरहेको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सले सन् २०२१ को नोभेम्बरमा सार्वजनिक गरिएको यो बाइक युवाहरु माझ अत्यधिक लोकप्रिय छ । नेपालमा यसको उल्लेखनीय संख्यामा विक्री भइरहेको छ । टीभीएस रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोसक सस्पेन्सन, यूएसबी चार्जिङ, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायत विशेषताहरु उपलब्ध रहेका छन् । साथै, यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाइट, एंगुलर एलईडी डीआरएलहरु तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षण प्रदान गरेको छ । १ सय २४ दशमलव ८ सीसी, सिंगल सिलिन्डर, एयर आयल कुल्ड एसआई कार्बुरेटर इञ्जिनद्वारा शक्ति प्रदान गरिएको यसले ७ हजार ५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता बोकेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update