Shittalpati
लुम्बिनी प्रदेश काँग्रेसले उपसभापति श्रेष्ठलाई दियो प्रशिक्षणको जिम्मेवारी

गुल्मी, नेपाली काँग्रेस लुम्बिनी प्रदेशले उप–सभापति भुवनप्रसाद श्रेष्ठलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी प्रदान गरेको छ । पार्टीको नियमावलीको धारा ३३ को २ (क) बमोजिम सभापति अमर सिंह पुनले उप–सभापति श्रेष्ठलाई प्रशिक्षण विभागको प्रमुखमा चयन गरेका हुन् ।

त्यस्तै नेपाली काँग्रेस लुम्बिनी प्रदेशको कोषाध्यक्षमा कार्यसमिति सदस्य प्रकाश राना मनोनित भएका छन् । प्रदेश कार्यसमितिको बुधबार बसेको बैठकले कार्य समिति सदस्य रानालाई कोषाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update