Shittalpati
नेष्डो समृद्ध लघुवित्तको आइपिओ बाँडफाँड

काठमाडौं, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बाँडफाँड गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले मंगलबार साधारण शेयरको बाँडफाँड गरेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अड्ढित मूल्यमा आठ करोड २८ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको आठ लाख २८ हजार ७ सय ५० कित्ता साधारण शेयरमा दरखास्त आÞवान गरेको थियो । बिक्री प्रबन्धकका अनुसार आईपिओमा कूल २५ लाख २७ हजार १ सय १ जनाले आवेदन दिएका थिए । त्यसमा चार हजार १ सय ४६ जनाको आवेदन रद्द भई बाँकी २५ लाख २२ हजार ९ सय ५५ योग्य आवेदकमध्ये ७७ हजार ४ सय ५६ आवेदकलाई १० कित्ताका दरले गोला प्रथामार्फत शेयर बाँडिएको हो । बाँकी तीन कित्ता शेयर २० कित्ताभन्दा धेरै आवेदन दिनेलाई एकएक कित्ताका दरले बाँडिएको क्यापिटलले जनाएको छ ।

कम्पनीले निष्काशन गरेको साधारण शेयरमा कूल निष्काशनको पाँच प्रतिशत (४१ हजार ४ सय ३७) कित्ता सामूहिक लगानी कोषलाई, जारी पूँजी (२५ करोड ५० लाख रुपैयाँ) को शून्य दशमलव पाँच प्रतिशत (१२ हजार ७ सय ५०) कित्ता शेयर कर्मचारीलाई र बाँकी ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले गत फागुन ११ गतेदेखि १५ सम्म आवेदन दिएका थिए । बाँडफाँडको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ । –रासस

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update