तानसेनमा ‘आगन सुपथ पसल’
बिहीबार, वैशाख २२, २०७९
खै मतदाता शिक्षा ?
बिहीबार, वैशाख २२, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि अहिलेसम्म मतदाता शिक्षा सञ्चालन हुन सकेको छैन् । मतदाता शिक्षाको अभावमा कसरी मतदान गर्ने भन्ने विषयमा मतदाताहरु अलमलमा परेका छन् । विगतमा निर्वाचन आयोगले मतदाता शिक्षा दिने गरे पनि यस पटक भने सञ्चालन गरेको छैन् । मत बदर कम होस् भनेर...
पाल्पामा मतदाता शिक्षा दिदैं काँग्रेसका उम्मेदवार
बुधबार, वैशाख २१, २०७९
नेपाली काँग्रेस पाल्पाले मतदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडि बढाएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि जनताको घरदैलोमा पुगेर मतदाता शिक्षा प्रदान गरिएको बगनासकाली गाउँपालिकाको अध्यक्ष उम्मेदवार उम्मेदवार सुनिता अधिकारीले बताइन् ।
बागलुङका पत्रकारलाई पाल्पा प्रेस युनियनले गर्यो स्वागत
बुधबार, वैशाख २१, २०७९
नेपाल प्रेस युनियन पाल्पाले बागलुङबाट आएका पत्रकारहरुको एक टोलीलाई तानसेनमा स्वागत गरेको छ । प्रेस युनियनका केन्द्रीय सदस्य दिलिप पौड्याल, प्रेस युनियन बागलुङका सभापति प्रदिप पन्त, युनियन बागलुङका सचिव नारायण रिजालको टोलीलाई युनियनले एक कार्यक्रमका बिच स्वागत गरेको हो ।
मनाइयो इदुल फित्र
बुधबार, वैशाख २१, २०७९
पाल्पा सहित देशभरका मुस्लिम समुदायले नमाज पाठ गर्नाका साथै ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन मंगलबार नमाज पाठ सकेपछि तीन दिनसम्म आफ्ना मान्यजनबाट आशीर्वाद लिने चलन छ ।
पाल्पामा बढ्दै चुनावी रौनकता, समृद्धि र विकासका मुद्दासहित घरदैलोमा उम्मेदवार
बुधबार, वैशाख २१, २०७९
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुले चुनाव–प्रचार तीब्र बनाएपछि पाल्पामा चुनावी रौनकता बढेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरिएसँगै चुनावी रौनकता Þवात्तै बढेको हो । पाँच दलीय गठबन्धन, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल मंगोल अर्गनाइजेशन लगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवार भोट माग्न गाउँ पसेका...
एमालेको नाराबाजीबिच लुम्बिनी प्रदेशसभाको बैंठक
बुधबार, वैशाख २१, २०७९
मंगलबार बोइलाइएको लुम्बिनी प्रदेशसभाको बैठक एमालेको नाराबाजीबिच सकिएको छ । प्रदेशसभाको १० औं अधिवेशनका लागि बोलाइएको बैंठकमा प्रतिपक्षी दल एमालेका प्रदेशसभा सदस्यहरु रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । मंगलबार दिउँसो १ बजे प्रदेशसभा बैठक सुरु भए पनि एमालेका प्रदेशसभा सदस्यहरुहरुको अवरोधका कारण दोस्रो बैठक सवा २ बजे सुरु भएको...
रिभर फल्स पावर लिमिटेडको आइपिओ आउँदै
बुधबार, वैशाख २१, २०७९
रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही वैशाख २८ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को विक्री खुला गर्ने भएको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अड्ढित दरमा २७ लाख ३० हजार कित्ता सेयर विक्रीका लागि दरखास्त...
प्रचार–प्रसारमा डिजिटलको प्रयोग
बुधबार, वैशाख २१, २०७९
अहिलेको युगलाई सूचना तथा सञ्चार प्रविधि अर्थात् डिजिटल युगका रूपमा चिनिन्छ । सूचना प्रविधि क्षेत्रको अतुलनीय विकास वर्तमान विश्व र मानव जातिको जीवन पद्धतिमा आमूल परिवर्तनको संवाहक बनेको कुरालाई कसैले पनि नकार्न सक्दैन । समग्र देश विकासमा सूचना तथा सञ्चार प्रविधिको निकै महत्वपूर्ण स्थान निर्विवाद तथ्य हो ।
पाल्पामा गठबन्धनको उत्साहजनक घरदैलो–चुनावी सभा
मंगलबार, वैशाख २०, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पाल्पामा चुनावी सरगर्मी निकै बढेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिएसँगै यहाँ चुनावी सरगर्मी बढेको हो । चुनावी मैदानमा उत्रिएका दल र स्वतन्त्र उम्मेदवार मत माग्न यतिखेर मतदाताको घर–घरमा पुगेका छन् ।
पाल्पामा गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त अपिल
मंगलबार, वैशाख २०, २०७९
सत्तारुढ दलहरुको पाँचदलीय गठबन्धनले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन सार्वजनिक अपिल गरेको छ । गठबन्धनले संयुक्त अपिल जारी गर्दै राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि पाल्पाका दश वटै स्थानीय तहका उम्मेदवारहरुलाई विजयी गराउन मतदाताहरु समक्ष अपिल गरेको हो ।


