Shittalpati
रैनादेवी छहरामा आगोले जलेर वृद्धको मृत्यु
रैनादेवी छहरामा आगोले जलेर वृद्धको मृत्यु जिल्लाको रैनादेवी छहरा गाउँपालिका –४ जैखरकमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । खरले छाएको आफ्नै कच्ची घरमा अचानक आगलागी हुँदा सोही ठाउँका ७९ वर्षीय मानबहादुर सोमैको जलेर मृत्यु भएको हो ।
नागरिकता पाउने आशामा जेष्ठ नागरिक
नागरिकता पाउने आशामा जेष्ठ नागरिक ‘जवानीमा त मेलापात गरेरै जीवन धानियो, बूढेसकालमा काम गर्न सक्ने तागत छैन, कसरी बाँच्ने हो ?’ यस्तो गुनासो छ ७८ वर्षीया तुलसा पाण्डेयको । बुढ्यौली उमेरमा उनलाई आफन्तको स्याहारसुसार, रेखदेख त परै जाओस् बिहान साँझको छाक जोहो गरिदिने कोही छैन । रामपुर नगरपालिका–८ बस्ने पाण्डेयलाई न दिनको भोक न रातको...
महिला अधिकार सुनिश्चित गर्न एमालेमा मतदान गर्न आग्रह
महिला अधिकार सुनिश्चित गर्न एमालेमा मतदान गर्न आग्रह नेकपा एमाले पाल्पा तिनाउ गाउँ कमिटीले महिला अधिकार सुनिश्चित गर्न उपाध्यक्षमा महिलाई उम्मेदवारी बनाएको छ । तिनाउ गाउँपालिका १ कचलकी सावित्रा रानालाई एमालेले पालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी बनाएको हो । उपाध्यक्षमा उम्मेदवारी दिएकी रानाले अहिले घरदैलो अभियानलाई तिव्रता दिएकी छन् ।
माथागढीमा स्वास्थ्य संस्थामा गई गर्भ परीक्षण र सुत्केरी हुने महिलाको संख्यामा वृद्धि
माथागढीमा स्वास्थ्य संस्थामा गई गर्भ परीक्षण र सुत्केरी हुने महिलाको संख्यामा वृद्धि जिल्लाको माथागढी गाउँपालिकामा स्वास्थ्य संस्थामा गई गर्भ परीक्षण र सुत्केरी हुने महिलाको संख्यामा वृद्धि भएको छ । पालिकाले उपाध्यक्ष आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती महिलालाई अण्डा, घरमा हरियो झण्डा कार्यक्रममार्फत प्रोत्साहन गर्न थालेपछि गर्भवती महिलाहरु स्वास्थ्य संस्था जान थालेका हुन् ।
फेरि मत बदर नहोस्
फेरि मत बदर नहोस् वैशाख ३० गते देशभर एकैसाथ स्थानीय तहको निर्वाचन हुँदै छ । ७५३ वटै पालिकामा मतदाताले आफ्ना जनप्रतिनिधि चयन गर्दै छन् । स्वतन्त्र रुपमा मतदान गर्न पाउनु नागरिकको अधिकार हो । सोही अनुरुप नागरिकले आफुलाई मन पर्ने व्यक्तिलाई मताधिकार प्रयोग गर्दै छन् । जति सक्दो धेरै मत खस्नु नागरिकले मतधिकार प्रयोग...
पाल्पामा गठबन्धन आर्थिक विकास र भौतिक पूर्वाधारमा जोड दिँदै निर्वाचनमा
पाल्पामा गठबन्धन आर्थिक विकास र भौतिक पूर्वाधारमा जोड दिँदै निर्वाचनमा पाल्पामा गठबन्धन दल आर्थिक विकास र भौतिक पूर्वाधारमा जोड दिदै निर्वाचनमा होमिएको छ । तल्लो तहमा रहेका जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको साझेदार बनाउने र उनीहरूलाई प्रतिफलको साझेदार बनाउने लक्ष्यका साथ यहाँ पाँच दलीय गठबन्धन निर्वाचनमा होमिएको हो ।
पाल्पामा जिप दुर्घटना एकको मृत्यु, दुई घाइते
पाल्पामा जिप दुर्घटना एकको मृत्यु, दुई घाइते जिल्लाको तिनाउ गाउँपालिका –५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकको मृत्यु दुई घाइते भएका छन् । बिहीबार दिउँसो बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु.१ च ७७८० नम्वरको डबल क्याप जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका हुन् ।
निर्वाचन निष्पक्ष बनाउन पत्रकारको भूमिका महत्वपूर्ण, मर्यादित र निष्पक्ष समाचार सम्प्रेषण गर्न जोड
निर्वाचन निष्पक्ष बनाउन पत्रकारको भूमिका महत्वपूर्ण, मर्यादित र निष्पक्ष समाचार सम्प्रेषण गर्न जोड निर्वाचन निष्पक्ष बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । पाल्पा विकास केन्द्रको आयोजना र पत्रकार महासंघ पाल्पाको समन्वयमा तानसेनमा भएको स्वच्छ, स्वतन्त्र निष्पक्ष, पारदर्शी र विश्वसनिय निर्वाचन, मर्यादित र निष्पक्ष रिपोर्टिङ सम्बन्धी कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् ।
प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया
प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया जिल्लाको तानसेनमा प्रजनन् स्वास्थ्य अधिकार र सुक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया भएको छ । आइपास नेपाल र एसएसइसिपिजीको आयोजनमा प्रजनन् स्वास्थ्य अधिकार र सुक्षित गर्भपतन सेवाको पैरवीका लागि जिल्लाका पत्रकारहरुसँग अन्तक्र्रिया भएको हो ।
तानसेनमा ‘आगन सुपथ पसल’
तानसेनमा ‘आगन सुपथ पसल’ तानसेनको मेहलधारामा ‘आगन सुपथ पसल’ सञ्चालनमा आएको छ । आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेले तानसेन नगर सरकारको आर्थिक सहयोगमा सुपथ पसल सञ्चालनमा ल्याएको हो । मँहगीको मारमा परेका उपभोक्ताहरुलाई रहात प्रदान गर्न सहकारीले सुपथ पसल सञ्चालनमा ल्याएको जनाएको छ ।
खै मतदाता शिक्षा ?
खै मतदाता शिक्षा ? वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि अहिलेसम्म मतदाता शिक्षा सञ्चालन हुन सकेको छैन् । मतदाता शिक्षाको अभावमा कसरी मतदान गर्ने भन्ने विषयमा मतदाताहरु अलमलमा परेका छन् । विगतमा निर्वाचन आयोगले मतदाता शिक्षा दिने गरे पनि यस पटक भने सञ्चालन गरेको छैन् । मत बदर कम होस् भनेर...
Weather Update