Shittalpati
देवकोटा चोकमा ‘बर्तुङ्ग सुपथ पसल’
देवकोटा चोकमा ‘बर्तुङ्ग सुपथ पसल’ तानसेनको देवकोटा चोकमा ‘बर्तुङ्ग सुपथ पसल’ सञ्चालनमा आएको छ । सुपथ मूल्य पसल खुलेपछि एकाधिकाको समस्यामा परेका बर्तुङ्ग क्षेत्रका स्थानीय खुसी भएका छन् । उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले तानसेन नगरपालिकाको आर्थिक सहयोगमा बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सुपथ पसल सञ्चालन गरेको हो ।
आचारसंहिता उल्लङ्घन रोक
आचारसंहिता उल्लङ्घन रोक वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन मिति जति जति नजिक आउँदैछ त्यति त्यति नै आचरसंहिता उल्लङ्घनका घटनाहरु बढ्दै गएका छन् । निर्वाचनलाई कसैले कहीबाट पनि प्रभाव पार्ने काम नहोस् भनेर निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गरे पनि यसको कार्यान्वयन पक्ष फितलो हुँदा उल्लङ्घनका घटना व्यापक बढेको छ ।
‘तानसेन ३ लाई नमूना वडा बनाउँछु’
‘तानसेन ३ लाई नमूना वडा बनाउँछु’ तानसेन नगरपालिका ३ मा स्वतन्त्र उम्मेदवारी दिएका भुगोल प्रसाद बैजु( श्रेष्ठ)ले वडालाई देशकै नमूना वडा बनाउने बताएका छन् । योजना, घोषणापत्र सहित जनतासँग मत माग्दै घरदैलो गरेका बैजुले वडा अध्यक्षमा निर्वाचित भएमा वडाको समृद्धि र विकास गरी देशकै नमूना वडा बनाउने संकल्प गरेका हुन् ।
कालीगण्डकी नदीमा बेपत्ता युवक मृत भेटिए
कालीगण्डकी नदीमा बेपत्ता युवक मृत भेटिए स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत भेटिएका छन् । भारतको लखनउका २३ वर्षीय बिलाल अहमद सोमबार विहान पाल्पाको रम्भा गाउँपालिका –१ गुरुकूलस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा भेटिएका हुन् ।
बगनासकालीको अध्यक्षमा दुई महिलाबिच रोचक प्रतिस्पर्धा
बगनासकालीको अध्यक्षमा दुई महिलाबिच रोचक प्रतिस्पर्धा प्रमुख या निर्णायक ठाउँमा महिलाको उपस्थिति हुन नसिकरहेको बेला पाल्पाको बगनासकाली गाउँपालिकामा भने अध्यक्ष पदमा महिलाबिच मुख्य प्रतिस्पर्धा देखिएको छ । यहाँ पालिका अध्यक्षका लागि चार जना महिलाले उम्मेदवारी दिएका छन् । ५ दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी जिल्ला सचिव सुनिता अधिकारी, नेकपा एमालेबाट निवर्तमान पालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामी,...
चैत मसान्तसम्म दुई सय ३२ उद्योग दर्ता
चैत मसान्तसम्म दुई सय ३२ उद्योग दर्ता चालू आवको चैत मसान्तसम्म नेपालमा दुई ३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा एक सय ६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६ सय ८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।
कानुन दिवसको सन्दर्भ
कानुन दिवसको सन्दर्भ विभिन्न कार्यक्रमको आयोजना गरी आज कानुन दिवस मनाइँदैछ । नेपालमा आधुनिक न्याय प्रणालीको प्रारम्भका रुपमा विसं २००९ वैशाख २६ गते नेपाल प्रधान न्यायालयको ऐन, २००८ जारी भई लागू भएको सम्झनामा प्रत्येक वर्षको वैशाख २६ गतेलाई कानुन दिवसका रुपमा मनाइँदै आएको छ । नेपालको न्यायिक इतिहासलाई सम्झने क्रममा आजको दिनलाई एउटा...
गठबन्धनका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा
गठबन्धनका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पाल्पाका विभिन्न पालिकाका गठबन्धनका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा पुगेका छन् । गाउँ गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन घरदैलो अभियानमा केन्द्रीत उम्मेदवारले प्रचारप्रसारलाई अन्तिम चरणमा पुर्‍याएका हुन् ।
पाल्पामा निर्वाचन स्वच्छ,निष्पक्ष बनाउन दलहरुले गरे साझा प्रतिवद्धता
पाल्पामा निर्वाचन स्वच्छ,निष्पक्ष बनाउन दलहरुले गरे साझा प्रतिवद्धता पाल्पाका ७ राजनीतिक दलहरुले स्थानीयतह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मर्यादित, विश्वनीय र भयरहित बनाउन साझा प्रतिवद्धता व्यक्त गरेका छन् । पाल्पा विकास केन्द्रले तानसेनमा गरेको अन्तक्र्रिया तथा रेडियो बहस कार्यक्रममा बोल्दै जिल्लाका राजनीतिक दलहरुले निर्वाचन आचार संहिता पूर्ण रुपमा पालन गर्ने, राजनीतिक दलहरु बिच स्वच्छ भयरहित वातावरणमा प्रचार–प्रसार गर्ने, आ–आफ्ना...
पाल्पामा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइने
पाल्पामा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइने जिल्लामा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाइने भएको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षतामा बसेको बैठकमा निर्वाचनका बेला शान्ति सुरक्षामा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै यही वैशाख २७ गतेदेखि मतगणनको कार्य सम्पन्न नभएसम्मको लागि जिल्लाभर मदिराको...
Weather Update