तानसेनमा ५० लाख लिटरको ट्याङकी निर्माणका लागि सार्वनजिक सुनुवाइ
मंगलबार, माघ १५, २०८१
रामपुरमा एच.पि.भी खोप सम्बन्धी अभिमुखिकरण
मंगलबार, माघ १५, २०८१
जिल्लाको रामपुरमा पाठेघरको मुखको क्यान्सरविरुद्धको Þयुमन प्यापिलोमा भाइरस (एचपिभी) खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम भएको हो ।
आज नर्सिङ दिवस मनाइँदै
मंगलबार, माघ १५, २०८१
आज देशभर नेपाल नर्सिङ दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै वि.सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो । नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ ।
नेपाल नर्सिङ दिवसको सन्दर्भ
मंगलबार, माघ १५, २०८१
नेपाल नर्सिङ दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । वि.सं. २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको उपलक्ष्यमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
लायन्स डिष्ट्रिक ३२५ (पी) को क्याबिनेट बैंठक तानसेनमा हुँदै
सोमबार, माघ १४, २०८१
सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) नेपालको तेस्रो डिष्ट्रिक क्याबिनेट बैंठक पाल्पाको तानसेनस्थित दकमडा माध्यमिक विद्यालयमा हुने भएको छ । क्लव डिस्ट्रिक ३२५ (पि) नेपालको आयोजना र पाल्पामा सञ्चालित एरिया –२ को आतिथ्यतामा यही माघ १७ गते क्याबिनेट बैंठक हुन लागेको हो ।
द्वन्द्व निरुपणको कार्य सरकारको प्राथमिकतामा स् मुख्यमन्त्री आचार्य
सोमबार, माघ १४, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्व निरुपणको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । अमर प्रहरी परिवार र असक्त प्रहरी सङ्घ लुम्बिनी प्रदेश समितिसँग आज छलफल गर्दै उनले सङ्घीय सरकारले द्वन्द्व परिपुरणको कामलाई अघि बढाउन तथा प्रदेश सरकारले द्वन्द्वपीडितको उपचार र उद्यमशीलतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
मर्चवार क्षेत्रको ‘सवस्टेसन’ निर्माण तीव्र
सोमबार, माघ १४, २०८१
रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् ‘सवस्टेसन’ को काम ४० प्रतिशत पूरा भएको छ । तीन पालिकालाई लक्षित गरी निर्माण भइरहेको मर्चवारस्थित महदेई सवस्टेसनको निर्माण सम्पन्न भएपछि क्षेत्रको विद्युत् समस्यामा स्थायी सुधार आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
अर्थसमितिका सदस्यद्वारा लुम्बिनीको विकासबारे चासो
सोमबार, माघ १४, २०८१
प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका सभापतिसहितको टोलीले आइतबार लुम्बिनी भ्रमण गरेका छन् । समितिका सभापति सन्तोष चालिसेको नेतृत्वमा आएका प्रतिनिधिसभा सदस्यले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरी लुम्बिनीको विकासबारे चासो राखेका हुन् । सांसदलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरेका थिए ।
ग्रामीण कृषिः ‘लिफ्ट’ सिँचाइले फेरियो मेटेराको मुहार
सोमबार, माघ १४, २०८१
तुलसीपुर उपमहानगरपालिका– १४ मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानीमा व्यवसायमा संलग्न छन् । उनले तोरी , चना , केराउ खेतीबाट प्रशस्त आम्दानी गर्नुभएको छ । लिफ्ट सिँचाइले उनि सफल किसान बनेका हुन् ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, तयारी प्रायः पूरा
सोमबार, माघ १४, २०८१
दाङको राप्ती गाउँपालिकाले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार पालिकाभित्रका दुई हजार आठ सय १२ जना किशोरीलाई खोप लगाउन सम्पूर्ण तयारी अन्तिम चराण्मा पुगेको छ । सामुदायिक र संस्थागत विद्यालयका दुई हजार सात सय १६ र विद्यालय बाहिर रहेका...
पाल्पामा १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
सोमबार, माघ १४, २०८१
जिल्लामा १० हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एच.भि.पि ) खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लाका दश स्थानीय तहमा रहेका २ सय ४ वटा सामुदायिक र ३१ वटा संस्थागत विद्यालयका १० हजार ४ सय ५८ जना किशोरीलाई खोप लगाइने भएको हो ।
भन्सार दिवस र यसको सार्थकता
सोमबार, माघ १४, २०८१
अन्तर्राष्ट्रिय भन्सार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आइतबार मनाइएको छ । विश्व भन्सार संगठनको आह्वानमा हरेक वर्ष जनवरी २६ मा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरिन्छ ।


