Shittalpati
गुडिरहेको बसमा आगलागी

बुटवल, रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी भएको छ । बिहीबार बिहान विद्यार्थी लिएर स्कुल पुग्नै लाग्दा एक्कासी बसमा आगलागी भएको हो ।

जिल्लाको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा रहेको लिटिल फ्लावर सेकेन्डरी स्कुलको लु १ क १३२६ नम्बरको  बसमा आगो लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बस विद्यालय नजिकै पुगेपछि अचानक आगो लागेर धुवाँ आउन थालेपछि चालकले थाहा पाएका थिए । बसमा करिब ४५ जना विद्यार्थी सवार रहेका थिए । आगलागीबाट बस पूर्णरूपमा क्षति भएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update