पाल्पा आउँदै गरेको टिपरको चक्का पञ्चर भई दुर्घटना हुँदा चालकको मृत्यु
बिहीबार, वैशाख २५, २०८२
कोरियाको कमाइ र सीप भैँसीपालनमा
बिहीबार, वैशाख २५, २०८२
दक्षिण कोरियामा १० वर्ष बिताएका स्याङ्जा चापकोटका दुई दाजुभाइले गाउँ फर्केर कृषि उद्यम सुरु गरेका छन्। यहाँका उत्तम आचार्य र वीरेन्द्र आचार्यले विदेशमा कमाएको धन आफ्नै गाउँमा भैँसीपालनमा खर्चिएका छन्। ०७३ देखि सुरु गरेको सिद्धबाबा एग्रो फार्म एन्ड रिसर्च सेन्टर प्रालिले हाल गण्डकी प्रदेशमै ठुलोमध्येको एक भैँसी फार्मको पहिचान बनाएको...
गुडिरहेको बसमा आगलागी
बिहीबार, वैशाख २५, २०८२
रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी भएको छ । बिहीबार बिहान विद्यार्थी लिएर स्कुल पुग्नै लाग्दा एक्कासी बसमा आगलागी भएको हो ।
पालिकाद्वारा एचआइभी सङ्क्रमितलाई आर्थिक सहायता
बिहीबार, वैशाख २५, २०८२
जिल्लाको सत्यवती गाउँपालिका यतिबेला एचआइभी सङ्क्रमितको लागि आर्थिक सहायता प्रदान गरिएको छ। आर्थिक अभावका कारण उपचारका लागि सदरमुकाम तम्घास, पाल्पा र बुटवलमा रहेका एआरटी केन्द्रसम्म औषधि लिन जानुपर्ने २५ जना सङ्क्रमितलाई उक्त सहयोग प्रदान गरिएको हो।
‘कानुनको परीधि भित्र रहेर शान्ति सुरक्षा कायम गर्न जिम्मेवार ढङ्गले काम गर्छु’
बिहीबार, वैशाख २५, २०८२
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले कानुनको परीधिभित्र रहेर शान्ति सुरक्षा कायम गर्न जिम्मेवार ढङ्गले काम गर्ने बताएका छन् ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
बिहीबार, वैशाख २५, २०८२
आज विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरेर मनाइँदैछ । सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाइन्छ ।
रूरूक्षेत्रको महिमा
बिहीबार, वैशाख २५, २०८२
बराह पुराण अनुसार भृगुवंशमा देवदत्त नाम गरेका एक तपस्वी ऋषि थिए । उनी कालीगण्डकीको तटमा तपस्यारत थिए । उनको तपस्या भङ्ग गर्न भनेर स्वर्गका राजा इन्द्रले प्रम्लोचना नामकी अप्सरालाई पठाए । अप्सरादेखि मोहित भई ऋषिले धेरै समयसम्म सहवास गरे ।
रेडक्रस दिवसको सान्दर्भिकता
बिहीबार, वैशाख २५, २०८२
विश्व रेडक्रस दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यो हरेक वर्षको मे ८ मा मनाउने गरिन्छ । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै आजको दिनलाई विश्वभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ ।
घाँसको बिउ बेचेर दुई लाख आम्दानी
बुधबार, वैशाख २४, २०८२
घोराही उपमहानगरपालिका-६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेका छन् । उनले दुई वटा दुहुना भैँसी र आठ वटा भेडा पालेका छन् ।
एकाघरका चार दृष्टिविहीनका लागि घर बनाइँदै
बुधबार, वैशाख २४, २०८२
तुलसीपुर उपमहानगरपालिका–४ स्थित एकाघरका चार दृष्टिविहीनका लागि आर्थिक सहयोग जुटाएर आवास बनाउन थालिएको छ । तुलसीपुरका व्यवसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरी सोमबारदेखि आवास निर्माण थालिएको हो ।
पाल्पामा सञ्चाालित पत्रकारहरुको लागि डिजिटल क्षमता विकास तालिम सकियो
बुधबार, वैशाख २४, २०८२
जिल्लाको तानसेनमा सञ्चालित पत्रकारहरुको लागि दुई दिने डिजिटल क्षमता विकास तालिम सकिएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना, लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र पत्रकार महासंघ पाल्पा शाखाको व्यवस्थापनमा सञ्चालित तालिम बुधबार सकिएको हो ।
पाकिस्तानमा भारतको आक्रमण
बुधबार, वैशाख २४, २०८२
भारतले पाकिस्तानको नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि भारत–पाकिस्तान तनाव चुलिएको छ । बुधबार बिहान पौने २ बजेतिर भारतले पाकिस्तानलाई आक्रमण गरेको हो ।


