Shittalpati
तानसेनका महिलालाई क्रिस्टलको गहना र धुप बनाउने तालिम
तानसेनका महिलालाई क्रिस्टलको गहना र धुप बनाउने तालिम जिल्लाको तानसेन नगरपालिका – ३ भगवतीटोलमा महिलाहरुका लागि क्रिस्टलको गहना र धुप बनाउने तालिम दिइएको छ । पुरानो पानी टंकी टोलविकास संस्थाको आयोजना र वडा कार्यालयको सहयोगमा यहाँका महिलाहरुका लागि तीन दिने तालिम दिइएको हो ।
एसईईको उत्तरपुस्तिका परीक्षण सुरु
एसईईको उत्तरपुस्तिका परीक्षण सुरु माध्यामिक शिक्षा परीक्षा एसईईको उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का अनुसार शनिबारदेखि परीक्षणको काम सुरु भएको हो ।
प्रभावकारी कार्यान्वयनको अपेक्षा
प्रभावकारी कार्यान्वयनको अपेक्षा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रम पेस गरिएपछि यसमाथि छलफल पूरा गर्ने र जेठ १५ मा सरकारले संसद्मा बजेट प्रस्तुत गर्दै छ ।
नीतिगत व्यवस्था कार्यान्वयन फितलो हुँदा समस्यामा ‘यौनिक अल्पसङ्ख्यक’ 
नीतिगत व्यवस्था कार्यान्वयन फितलो हुँदा समस्यामा ‘यौनिक अल्पसङ्ख्यक’  नीतिगत व्यवस्था कार्यान्वयन फितलो हुँदा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्याक समुदाय समस्यामा परेको छ । नेपालको संविधानले धारा १२ नागरिकताको हक, धारा १८ समानताको हक र धारा ४२ सामाजिक न्यायको हकमा यौनिक तथा लैङ्गिक अल्पङ्ख्यकको हक सुरक्षित गरेको छ । संविधानको धारा ३५(४) मा समावेशी र समानुपातिक सहभागिताको विषय उल्लेख छ ...
गाई मारेको आरोपमा एक जना पक्राउ
गाई मारेको आरोपमा एक जना पक्राउ कपिलवस्तुमा गाई मारेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले शिवराज नगरपालिका २, हरहवा बस्ने ५२ वर्षका फरहान खानलाई पक्राउ गरेको हो ।
समूहबाट आर्थिक समृद्धि खोज्दै महिला
समूहबाट आर्थिक समृद्धि खोज्दै महिला घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष हुन् । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उनले बताइन् ।
नेपालमा पनि विश्व हाँसो दिवस मनाइँदै
नेपालमा पनि विश्व हाँसो दिवस मनाइँदै आज विश्व हाँसो दिवस मनाइँदै छ । हरेक वर्षको मे महिनाको पहिलो आइतबार यो दिवस मनाइन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन १९९८ देखि यो दिवस मनाउन थालिएको हो ।
नेपालको वर्तमान अर्थतन्त्र : अवस्था र चुनौती
नेपालको वर्तमान अर्थतन्त्र : अवस्था र चुनौती सामान्यतया कुनै पनि देशको अर्थतन्त्रलाई बन्द अर्थतन्त्र र खूल्ला अर्थतन्त्र गरि दुई आधारमा हेर्ने गरिन्छ । बन्द अर्थतन्त्रमा घरायसी क्षेत्र, व्यवसायिक क्षेत्र र सरकारी क्षेत्र पर्ने गर्दछन् भने खुला अर्थतन्त्रमा थप अन्तर्राष्ट्रिय क्षेत्र समावेश हुने गर्दछ । जहाँ अन्तर्राष्ट्रिय क्षेत्र भित्र आयात – निर्यात व्यापार पर्ने गर्दछ । कुनै पनि...
हाँसेर नै रोगलाई जितिन्छ
हाँसेर नै रोगलाई जितिन्छ हाँसोले मानिसको स्वास्थ्य ठीक राख्न पनि मद्दत गर्छ । हाँस्नु शारीरिक तथा मानसिक स्वास्थ्य दुवै हिसावले फाइदाजनक हुने चिकित्सकहरु बताउँछन् । यदि कोही मानिस दिल खोलेर हाँस्छ भने उसको तनाव हट्नुका साथै शरीरलाई पनि राम्रो कसरत हुन्छ । दैनिकजसो नियमितरूपमा मानिस मुस्कुराइरहन्छ भने उसमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ ...
लुम्बिनी नाट्य रत्नद्वारा अथक सम्मानित 
लुम्बिनी नाट्य रत्नद्वारा अथक सम्मानित  पाल्पाली साहित्यकार तथा ऐतिहासिक नाटक सङ्ग्रह ‘अमरपात्र’ का लेखक  पुष्कर अथक रेग्मी ‘लुम्बिनी नाट्य रत्न सम्मान २०८२’ बाट सम्मानित भएका छन् ।
Weather Update