Shittalpati
तानसेनमा ईभी गाडी दुर्घटना, थप विवरण आउन बाँकी 

पाल्पा, जिल्लाको तानसेन नगरपालिका –१४ कुडाँपानी नजिकै  ईभी गाडी दुर्घटना भएको छ । बुटवलबाट गुल्मीको मालिका  गाउँपालिका–१ दर्लिङ जाँदै गरेको बा.प्र. ०१–०३१ च ७९५७ नम्वरको रातो प्लेटको गाडी आज अपरान्ह १२ बजे दुर्घटना भएको हो । 
 

गाडीमा १५ जना सवार रहेको बुझिएको छ । सबै घाइते रहेका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको अर्गेली प्रहरीचौकीले जनाएको छ । घाइतेहरुको उद्दार गरी उपचारका लागि रिडी प्राथमिक स्वास्थ्यचौकी र केहीलाई तानसेन पठाइएको जनाइएको छ । रातो प्लेटको गाडीले यात्रुहरु बोक्न नपाइने भए पनि सो गाडीले दसैं मनाउन घर फर्किने यात्रुहरुले लिएर आएको बुझिएको छ । जुन गाडीको क्षमता ११ सिटको रहेको भए पनि त्यो भन्दा बढी यात्रु गाडीमा सवार रहेको स्थानीयले बताएका छन् । घटनाको थप विवरण आउन बाँकी छ । 
 

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update