पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य
मंगलबार, वैशाख ३०, २०८२
बुद्धका सन्देशको सान्दर्भिकता
मंगलबार, वैशाख ३०, २०८२
भगवान् सिद्धार्थ बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनलाई कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको वास्तबिक नाम सिद्धार्थ गौतम थियो । उनी कुनै शान्ति दुत थिएन । उनी सद मार्गको मार्गदर्शक थिए ।
ऐनलाई लत्याउँदै ‘भैरवनाथ मन्दिर व्यवस्थापन समिति गठन’
सोमबार, वैशाख २९, २०८२
संघीय सरकार अन्तर्गत गुठी संस्थान ऐन २०३३ मा भएको व्यवस्थालाई लत्याउदै जिल्लाको रिब्दीकोट गाउँपालिकाले भैरवनाथ मन्दिर व्यवस्थापन समिति गठन गरेको छ । उसले गुठी संस्थान ऐन २०३३ को दफा १६ र १७ बमोजिम देवस्थल व्यवस्थापन समिति गठन गर्ने सम्बन्धी निर्देशिका २०८१ को धज्जी उडाउँदै आफू अनुकूल समिति गठन गरेको पाइएको...
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
सोमबार, वैशाख २९, २०८२
म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग१६प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग२ख २१३९ नंको बसमा ठोक्किँदा दुर्घटना भएको हो ।
रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
सोमबार, वैशाख २९, २०८२
यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
प्रधानमन्त्री लुम्बिनीमा
सोमबार, वैशाख २९, २०८२
प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुगेका छन् । पच्चीस सय ६९औँ बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन उनि यहाँ आएका हुन् ।
नर्सका पीडा उस्तै
सोमबार, वैशाख २९, २०८२
रातदिन सेवामा खटिने नर्सहरु अस्पतालमा पुगेका बिरामीका लागि भरोसाका केन्द्र हुन् । बिरामीको हेरचाहमा उनीहरुको महत्वपूर्ण भूमिका रहेको छ । औषधि खुवाउने, सुई खोप्ने, बिरामीका हरेक गुनासो सुन्नेदेखि सबै काम नर्सले गर्छन् तर नेपालमा तिनै नर्स विभिन्न बहानामा पीडित छन् । हरेक वर्षको मे १२ तारिखमा नर्सिङ सेवा र नर्सहरुलाई...
उभौली पर्व मनाइँदै
सोमबार, वैशाख २९, २०८२
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाउने उभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । यो चाड किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायले मनाउने गर्दछन् । किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायको मागअनुसार सरकारले २०५८ सालमा राष्ट्रिय चाडको रुपमा घोषणा गरेको थियो । यस चाडलाई...
मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम
सोमबार, वैशाख २९, २०८२
जिल्लाको रामपुर नगरपालिकामा मेलमिलापकर्ताहरुको लागि पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ । नगरपालिका भित्रका सूचीकृत मेलमिलापकर्ताहरुको लागि तीन दिने पुनर्ताजगी तालिम सञ्चालन गरिएको हो ।
विश्व नर्स दिवसको सन्दर्भ
सोमबार, वैशाख २९, २०८२
विश्व नर्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । आधुनिक नर्सिङ पेसाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा प्रत्येक वर्ष विश्वभरि नै नर्स दिवस मनाइन्छ ।
आज बुद्ध जयन्ती : बुद्धप्रति आस्था प्रकट गरि मनाइँदै
सोमबार, वैशाख २९, २०८२
वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६९ औं बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम बुद्धको पूजा आराधना, प्रवचन गरी जयन्ती मनाउन लागिएको हो ।


