नवजनचेतना राष्ट्रिय दैनिक २०८२ जेठ २ गते शुक्रबार
शुक्रबार, जेठ २, २०८२
रैनादेवी छहरा गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा
शुक्रबार, जेठ २, २०८२
जिल्लाको रैनादेवी छहरा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १५ महिना मुनीका गाउँपालिकाभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
कालीगण्डकीको पानी लिफ्टमार्फत सिँचाइ
शुक्रबार, जेठ २, २०८२
बागलुङकै ठूलो खेतीयोग्य जमिनमध्येको एक बलेवाको दम्काफाँटमा कालीगण्डकीको पानी पु¥याएर सिँचाइ गरिएको छ । करिब २४ हेक्टरको दम्काफाँटमा सिँचाइको अभावमा जमिन विस्तारै बाँझिन थालेपछि लिफ्टमार्फत कालीगण्डकीको पानी ल्याइएको हो ।
बढ्दो कुुशासन रोकौं
शुक्रबार, जेठ २, २०८२
हिजोआज ‘सुशासन’ सबैको भाका मिलाउने लोली बन्ने गरेको छ । यस्तो किन भइरहेको छ भने सुशासन बेगर नत राज्यको औचित्य सावित हुन्छ न सरकारको वैधानिकता नै सिद्ध हुन्छ । त्यसैले अनेक रूपका तानाशाहहरूले पनि आफूले रामराज्य नै दिएको भ्रम छर्ने गर्दछन् ।
भारतीय वनमन्त्री यादव नेपालमा
बिहीबार, जेठ १, २०८२
भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणका लागि आज यहाँ आइपुगेका छन् ।
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
बिहीबार, जेठ १, २०८२
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु हुनु अगावै सडकको मर्मत संभार, स्तरोन्नति र निर्माण सम्पन्न गराउन माग गरेका छन् ।
गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्ति हुन्छ : प्रधानमन्त्री
बिहीबार, जेठ १, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैङ्कको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् ।
बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण
बिहीबार, जेठ १, २०८२
जिल्लाको बन्दीपुर गाउँपालिकाको कृषि शाखाले एक सय किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा सेरेना जातका मौरीका घार उपलब्ध गराइएको हो ।
तोलामा तीन हजार पाँच सयले घट्यो सुन
बिहीबार, जेठ १, २०८२
बुधबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु तीन हजार ५०० ले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला रु ३५ ले गिरावट भएको छ ।
सरकारी कारोबारमा बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतिपूर्ण : राष्ट्रपति पौडेल
बिहीबार, जेठ १, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतिपूर्ण भएको बताएका छन् । बुधबार महालेखा परीक्षकको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै पौडेयलले यस्तो बताएका हुन् उनले विगत लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको बेरुजु गम्भीर चासो र सरोकारको विषय बनेको बताए ।
तामाखानी उत्खनन्का लागि खोजतालस सुरु
बिहीबार, जेठ १, २०८२
बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा तामाखानी उत्खननका लागि खोजतलास सुरु भएको छ । खानी तथा भूगर्भ विभागले अनुमति दिएपछि खोजतलास सुरु भएको हो । तमानखोलाको दर्जनौँ स्थानमा तामाखानी छन् । त्यहाँ रहेको तामाखानीहरु विसं १९८१ सम्म सञ्चालनमा थिए । सरकारले खानीलाई करको दायरामा ल्याएपछि बन्द भएका थिए । खानी तथा भूगर्भ...
गुल्मीको सत्यवतीमा कृषि एम्बुलेन्स सञ्चालन
बिहीबार, जेठ १, २०८२
गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कृषकहरूले उत्पादन गरेका कृषिउपजलाई सहज रूपमा आन्तरिक एवं बाह्य बजारसम्म निर्यात गर्न सहयोग पुर्याउने उद्देश्यले पालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।


