सिद्धाबाबा क्षेत्रमा गुडिरहेको कारमा पहिरो खस्दा एक जना घाइते
शनिबार, चैत ३०, २०८१
जनप्रतिनिधिको विकासमा ध्यान गयो तर कानुन कार्यान्वयनमा चासो भएन : सभामुख घर्ती
शुक्रबार, चैत २९, २०८१
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले विकास निर्माणमा जनप्रतिनिधिको ध्यान गएको तर कानुुन कार्यान्वयनमा चासो नदिएको बताएका छन् ।
हावाहुरीको वितण्डा
शुक्रबार, चैत २९, २०८१
बुधबार साँझदेखि पानीसहित आएको हावाहुरीले पाल्पा, गुल्मी, अर्घाखँची लगायतका जिल्लाहरुमा वितण्ड मच्याएको छ । हावाहुरीका कारण मेला महोत्सव, घर, होटल, विद्यालय, मन्दिरलगायत संरचनाका छाना उड्नुका साथै पशुचौपायका खोर, गोठ समेत क्षतिग्रस्त भएका छन् ।
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य रणनीति कार्यान्वयनमा
शुक्रबार, चैत २९, २०८१
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयनमा आएको छ । प्रदेश सरकारको नेतृत्वमा स्थानीय तह र स्वास्थ्य विकास साझेदार संस्थासँगको सहकार्यमा उक्त रणनीति कार्यान्वयनमा आएको हो ।
गुल्मीका अठचालिस प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा
शुक्रबार, चैत २९, २०८१
सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमप्रति जिल्लका नागरिकको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गराउने उद्देश्यले सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रमबाट जिल्लाका ४८ दशमलव छ प्रतिशत नागरिकले सेवा लिएका छन् ।
व्यवस्था कमजोर नबनाऔं
शुक्रबार, चैत २९, २०८१
अहिले मुलुकले अभ्यास गरिरहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली हो । यो राजनीतिक प्रणालीभित्र रहेर मुलुकको राजनीति चलिरहेको छ । तर राजनीतिक प्रणालीको हिसाबले इतिहास भइसकेका पूर्वराजा ज्ञानेन्द्र शाहले बेलाबखत दिने अभिव्यक्तिले भने मुलुकको राजनीति तरंगित भइरहेको छ ।
नेपाली सेनाले सुरु गर्यो तेस्रो गोरखा–जितगढी पदयात्रा
बिहीबार, चैत २८, २०८१
नेपाली सेनाले विहीबारदेखि तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ । ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ सेनाले गोरखा–जितगढी एकीकरण पदयात्राको थालनी गरेको हो ।
सचेतना कार्यक्रमले निस्दीमा घट्दैछ बालविवाह
बिहीबार, चैत २८, २०८१
बालविवाह न्यूनीकरणका लागि पाल्पाको निस्दी गाउँपालिकाले सचेतनामूलक कार्यक्रममा जोड दिएको छ । पालिकास्तरमा बालविवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेपछि यहाँ पछिल्ला वर्षमा बालविवाह हुने क्रम घट्दो अवस्थामा छ । निस्दीमा विसं २०७९ मा २७६ जोडीले बालविवाह गरेकामा २०८१ सालको हालसम्म भने यस्ता आठ जोडी मात्र रहेका बालकल्याण अधिकारी...
गुल्मी कारागारमा सीप सिक्दै आम्दानी गर्दै कैदीबन्दी
बिहीबार, चैत २८, २०८१
जिल्ला कारागारमा रहेका कैदीबन्दी यतिबेला उद्योग कर्ममा रमाउन थालेका छन् । कारागारमा दुई वर्षदेखि काष्ठकला र फर्निचर उद्योग स्थापना गरेर यहाँका कैदीबन्दीले मासिक रूपमा न्यूनतम रु सातदेखि रु ४५ हजारसम्म कमाउँदै आएका छन् ।
हुरीबतास र वर्षाले तानसेन महोत्सव प्रभावित
बिहीबार, चैत २८, २०८१
हुरीबतास र वर्षाका कारण पाल्पामा जारी दोस्रो तानसेन महोत्सव प्रभावित भएको छ । तानसेनको कृषि, रोजगार, पर्यटन तथा व्यापारलाई लक्षित गरी यही चैत २२ गतेदेखि सञ्चालन गरिएको महोत्सव बुधबार दिउँसोदेखिको वर्षा र हुरीबतासले प्रभावित भएको हो ।
बुटवल–नारायणगढ सडक अवरुद्ध
बिहीबार, चैत २८, २०८१
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो ।
हावाहुरीले तानसेन महोत्सवमा स्टेज, स्टल र प्रवेशद्वार भत्कायो
बिहीबार, चैत २८, २०८१
तानसेनमा जारी दोस्रो तानसेन महोत्सव हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ । बुधबार दिउँसोदेखि परेको वर्षा र रातीको हावाहुरीका कारण महोत्सव प्रभावित बनेको हो ।


-1762576335.jpg)