नवजनचेतना राष्ट्रिय दैनिक २०८१ फागुन ४ गते आइतबार
आइतबार, फागुन ४, २०८१
सात करोडको लागतमा मालिकामा नयाँ भवन
शनिबार, फागुन ३, २०८१
मालिका गाउँपालिकामा नयाँ प्रशासनिक भवन निर्माण गरिएको छ । संघीय सरकार र स्थानीय सरकारको सात करोड ६७ लाख १८ हजार लागतमा उक्त प्रशासनिक भवन निर्माण सम्पन्न भएको हो ।
गाँजा र चसेससहित सात जना पक्राउ
शनिबार, फागुन ३, २०८१
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले २० किलोग्राम चरेश र २१ किलोग्राम गाँजासहित त्यसमा संलग्न सात जनालाई पक्राउ गरेको हो ।
रानीमहल पुुगेका जोडीले मनाए ‘भ्यालेन्टाइन डे’
शुक्रबार, फागुन २, २०८१
फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’ को अवसरमा पाल्पाको ऐतिहासिक पर्यटकीय क्षेत्र रानीमहलमा पुगेर प्रेमिल जोडीले प्रयण दिवस मनाएका छन् ।
गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु
शुक्रबार, फागुन २, २०८१
जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको छ । विश्वस्वास्थ्य सङ्गठनद्वारा लुम्बिनी प्रदेशअन्तर्गतको सो अस्पतालमा पहिलो पटक उक्त अभिलेख प्रणाली सुरु गरिएको हो ।
आज रानीमहल पुग्दै प्रेमिल जोडी
शुक्रबार, फागुन २, २०८१
आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ ।
रेडियो स्थानीयस्तरमा सूचनाको भरपर्दो सञ्चारमाध्यम
शुक्रबार, फागुन २, २०८१
रेडियोले समाजको खबर बोल्छ । गाउँघरमा हुने गतिविधि जनतामाझ सुसूचित गराउँदछ । मेलापात, घाँसपात, घरायसी कामकाज होस् या विभिन्न कार्य गर्दा पनि रेडियोलाई सारथी बनाएर सुन्ने श्रोता गाउँघरमा धेरै छन् ।
तानसेनको तिन्टीआँपमा कृषि मेला तथा प्रदर्शनी हुँदै, तयारी पुरा
शुक्रबार, फागुन २, २०८१
कृषि उत्पादनमा सहभागी बनौँ, परनिर्भरताको अन्त्य गरौं’ भन्ने मुल नाराका साथ तानसेन नगरपालिका–९ तिन्टीआँपमा तेस्रो कृषि मेला तथा प्रदर्शनी २०८१ सञ्चालन हुने भएको छ । फागुन ३ गते अर्थात् भोली शनिबार मेला तथा प्रदर्शनी हुन लागेको हो ।
आज ‘भ्यालेन्टाइन डे’
शुक्रबार, फागुन २, २०८१
‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस आज नेपालसहित विश्वभर एक अर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १४ मा विश्वभर यो दिवस मनाउने गरिन्छ ।
सिमसार क्षेत्रको संरक्षणले चराचुरुङ्गीको संख्या बढ्यो
शुक्रबार, फागुन २, २०८१
दाङमा सिमसार क्षेत्रको संरक्षणले पानीमा आश्रित स्वदेशी तथा विदेशी चराचुरुङ्गीको संख्या बढ्न थालेको छ । घोराही उपमहानगरपालिका– १७ कर्जाहीमा सात वर्ष अघिसम्म कुनै जलाशय नहुँदा सुक्खापन बढाइरहेको थियो । गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्रको संरक्षणका लागि प्रदेश र स्थानीय सरकारले बजेट दिएपछि स्थानीयको पहलमा जलाशय बनेको थियो ...
रानीमहल क्षेत्रको विकासमा दुई प्रदेश सरकारको प्रतिबद्धता
शुक्रबार, फागुन २, २०८१
पाल्पाको ऐतिहासिक पर्यटकीयस्थल रानीमहल क्षेत्रको विकासका लागि लुम्बिनी र गण्डकी प्रदेश सरकारले साझा प्रतिबद्धता जनाएका छन् । रानीमहलमा बुधबार बसेको दुई प्रदेशको समन्वयात्मक बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रानीमहलको प्रवद्र्धन र संरक्षण तथा यस क्षेत्रमा जलाशय सहितको पर्यटकीय पूर्वाधार विकास गर्न संयुक्त कार्य...
हरेक दिन नै प्रेममय होस्
शुक्रबार, फागुन २, २०८१
प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेलाई प्रेम जोडीहरूको महत्वपूर्ण दिनको रूपमा हेरिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण छ । विशेषगरी १४ फेब्रुअरी अर्थात् आजको दिन संसारभरिकै जोडीहरूले एकअर्काबीच प्रेम साटासाट गर्छन् ।


