पाल्पा, शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालले विभिन्न क्षेत्रका ११ जना नारीहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानको २० ओैं वार्षिक दिवस तथा ९७ ओैं कुलमणि देवकोटा जन्मजयन्ती समारोहको अवसरमा शनिबार पाल्पाको तानसेनमा पुरस्कृृत एवं सम्मान गरेको हो ।

प्रतिष्ठानले कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कारबाट कवयित्री सरू ज्ञवाली ,लक्ष्मीप्रिय जगत बहादुर जोशी स्मृति पुरस्कारबाट साहित्यकार सीता ढुङ्गाना काफ्ले, जगतकुलमणिकविन्द्र त्रिनक्षत्र पुरस्कारबाट शकुन्तला पौडेल सानु, विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कारबाट युनाइटेड मिसन अस्पताल तानसेनकी सिनियर स्टाफ नर्स सीता पन्थी, इन्द्रलाल भारती शिक्षा सेवा सम्मानबाट शिक्षासेवी पूर्वप्रधानाध्यापक केशलक्ष्मी श्रेष्ठ , शक्तिराज रेग्मी सञ्चार सेवा सम्मानबाट रेडियो सञ्चारकर्मी गीता ज्ञवाली , बालहरि स्वास्थ्य सेवा पुरस्कारबाट स्वास्थ्यकर्मी मन हेमचुरी पौडेल ,दीनानाना साहित्य सेवा सम्मानबाट साहित्य प्रतिष्ठानकी आजीवन सदस्य गुणवती के.सी.,राधावद्री स्मृति स्वयंसेवा सम्मानबाट समाजसेवी एवं स्वयंसेवी महिला सरस्वती भट्टराई , शिस्वासाप्र राष्ट्रिय सुसेली सम्मानबाट सुसेली सर्जक कवयित्री इन्दिरा ज्ञवाली पौडेल र तुलठगी शैक्षिक प्रतिभा पुरस्कारबाट न्यू होराइजन स्कुलकी छात्रा अदिति चापागाईंलाई पुरस्कृत एवं सम्मान गरेको छ ।

सम्मानित नारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डा. अनिता लामिछाने र प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीले पुरस्कारले सम्मान गरेका हुन् । सम्मान गर्दै प्रमुख अतिथि साहित्यकार डा. लामिछानेले शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा क्रियाशील संस्थाले सचेतना शिक्षा , स्वास्थ्य शिविर सञ्चालन र साहित्यको विकासको लागि महत्वपूर्ण योगदान पु र्याएकोमा खुसी व्यक्त गरे ।
सोही अवसरमापं.गोविन्द प्रसाद भुसालद्वारा लिखित कृति “नेपालको ७७ जिल्लाहरूको भ्रमण तथा भारत चीनको तीर्थयात्रा” को समेत लोकार्पण गरिएको थियो । कृतिको भैरहवा बहुमुखी क्याम्पसका सह–प्राध्यापक डा. दामोदर ढकालले समीक्षा गरेका थिए । नेपालका ७७ वटै जिल्लाको बारेमा संक्षेपमा लेखिएको कृति जानकारीमूलक रहेको छ । कार्यक्रममा जानका नेपाल,भेषराज सुवेदी, बुद्धिप्रसाद शर्मा , बाबुराम कार्की ,गुणवती के.सी., शकुन्तला पौडेल , सीता ढुङ्गाना ,सरू ज्ञवाली र प. गोविन्दप्रसाद भुसाल लगायतले आ–आफ्नो धाराणा राखेका थिए ।

प्रतिष्ठानका सदस्य भोजराज भट्टराईले सम्मानित व्यक्तिहरूको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा प्रतिष्ठानले चारवर्षे विमला कमल शैक्षिक छात्रवृत्ति , ज्ञानज्योति शैक्षिक छात्रवृत्ति , नैना नेपाल छात्रवृत्ति र माता दीनकुमारी स्मृति छात्रवृत्ति पनि प्रदान गरेको छ । जसबाट ३ वटा विद्यालय र ३ वटा क्याम्पसका गरि १४ जना छात्राहरूले नियमित छात्रवृत्ति प्राप्त गर्दै आएका छन् । प्रतिष्ठानका संरक्षक प्रा.डा. प्रकाशराज रेग्मी , ज्योति रेग्मी अधिकारी , नैना नेपाल , रोहित प्रसाद ज्ञवाली छात्रवृत्ति दाताको रूपमा रहेका छन् । प्रतिष्ठानले विद्यार्थी केन्द्रीत साहित्यिक कार्यक्रमहरू समेत सञ्चालन गर्नुका साथै समय समयमा स्वास्थ्य सचेतना शिक्षा र मुटु तथा दन्त परीक्षण शिविरहरू सञ्चालन गर्दै आएको छ । कार्यक्रममा सचिव छबिलाल भुसालले प्रतिष्ठानको लेखापरीक्षण सम्पन्न आ.व.२०८१/०८२ को रू.८ लाख १४ हजार २ सय १६ बराबरको आय–व्यय प्रस्तुत गरे । अध्यक्ष पुष्कर अथक रेग्मीले प्रतिष्ठानमा ११ वटा सम्मान कोष रहेकोमा आगामी वर्षदेखि शिक्षाको क्षेत्रमा थप र शीत तथा गुलेली काव्यको क्षेत्रमा समेत पुरस्कार सम्मानका लागि कोष स्थापना भएको जानकारी गराए । प्रतिष्ठानमा समाजेवी रेणुका श्रेष्ठद्वारा हीराकृष्ण शिक्षा पुरस्कार , रोहित प्रसाद ज्ञवालीद्वारा गुलेली काव्य पुरस्कार र अथक रेग्मीद्वारा शीत काव्य पुरस्कार स्थापना गरिएको छ । प्रतिष्ठानका अध्यक्ष रेग्मीको अध्यक्षता,उपाध्यक्ष रोहित प्रसाद ज्ञवालीको स्वागत र महासचिव चन्द्रकान्त न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियोे ।


-1762576335.jpg)