नेपाल बार एशोसिएसन पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा कार्की
सोमबार, असोज १२, २०७७
तालाबन्दीले नगरपालिकाको काम ठप्प
सोमबार, असोज १२, २०७७
लुम्बिनी सांस्कृतिक नगरपालिकामा गरिएको तालाबन्दीका कारण कार्यालयको कामकाज रोकिएको छ । शिक्षा ऐन संशोधनको माग गर्दै यही असोज ६ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र माक्र्सवादी पार्टीले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।
युनियनले दियो वैदेशिक रोजगार मृत्यु दावी रकम
सोमबार, असोज १२, २०७७
युनियन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार अन्र्तगत मृत्यु दाबी भुक्तानी वापतको रकम भुक्तानी गरेको छ । कम्पनी पाल्पा शाखाले जिल्लाको तानसेन नगरपालिका ९ का लिला बहादुर सारुको श्रीमती दधिसरा सारुलाई वैदेशिक रोजगारको बिमा दाबी बापतको १३ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा ८ को मृत्यु
सोमबार, असोज १२, २०७७
प्रदेश पाँचका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा ८ जनाको मृत्यु भएको छ । प्रदेश पाँचका रुपन्देही,पाल्पा, बाँके, कपिलवस्तु, बर्दिया, रोल्पामा भएका छुट्टाछुट्टै घटनामा ८ जनाको मृत्यु भएको हो ।
बाढी प्रभावितलाई प्रवासीको २७ लाख ८० हजार
सोमबार, असोज १२, २०७७
गलकोट समाज जापानले ढोरपाटनका बाढी प्रभावितका लागि रु २७ लाख ८० हजार ४७८ राहत सहयोग गरेको छ । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले राहत कोषमा दाखिला भएको रकमको भौचर आइतबार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरे ।
पाल्पाको तिनाउमा ५७ वर्षीय पुरुष मृत भेटिए
सोमबार, असोज १२, २०७७
पाल्पाको तिनाउ गाउँपालिका १ झिङ्गामारामा एक पुरुष मृत भेटिएका छन् । रुपन्देही सैनामैना नगरपालिका ४ का ५७ वर्षीय कृष्ण बहादुर थापा झिङ्गामारा स्थित जंगलमा मृत अवस्थामा फेला परेको प्रदेश पाँचको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
सूचना प्रयोगमा अग्रसर बनौं
सोमबार, असोज १२, २०७७
आज सूचनामा विश्वव्यापी पहुँचको अन्तर्राष्ट्रिय दिवस अर्थात सेप्टेम्बर २८ तारिख । सूचनामा विश्वव्यापी पहुँच पुर्याउने गरी हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।
‘विद्युत अवरुद्धको कारण झुम्सा र वर्षातलाई मात्र नदेखाउ’, कार्यालय प्रमुख भन्छन्– ‘समस्या समाधानमा लागि परेका छौं’
सोमबार, असोज १२, २०७७
विद्युत अनियमितता भएपछि आइतबार नेपाल नागरिक समाज डेलिगेशन गएको छ । नागरिक समाजले उज्यालो पाल्पा बनाउनका लागि विकल्प खोज्न विद्युत कार्यालयलाई आग्रह गरेको छ ।
पाल्पाको रम्भामा पहिरोमा पुरिएको अवस्थामा एक पुरुष मृत भेटिए
आइतबार, असोज ११, २०७७
पाल्पाको रम्भा गाउँपालिकामा पहिरोमा पुरिएको अवस्थामा एक पुरुष मृत भेटिएका छन् । रम्भा ३ शिखरडाँडाका ३३ वर्षीय राज कुमार थापा मगर पहिरोमा मृत अवस्थामा भेटिएका हुन् ।
८ सय ८५ संक्रमित डिस्चार्ज
आइतबार, असोज ११, २०७७
पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ८५ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आइतबार एकै दिन देशका विभिन्न जिल्लाहरुमा ८ सय ८५ जनाले कोरोना जितेका छन् ।
विद्युत् अवरुद्धको कारण झुम्सा, कोरोना र वर्षातलाई मात्र नदेखाऊ : नागरिक समाज
आइतबार, असोज ११, २०७७
नेपाल नागरिक समाज पाल्पाले विद्युत् अवरुद्धको कारण झुम्सा, कोरोना र वर्षातलाई मात्र नदेखाउन नेपाल विद्युत् प्राधिकरण वितरण शाखा पाल्पालाई आग्रह गरेको छ । पाल्पामा लाइन जान साथ वितरण शाखाले हरेक पटक झुम्सा, कोरोना र वर्षात्लाई कारण देखाउदै उम्कने गरेको भन्दै नागरिक समाजले अब त्यसको विकल्प खोज्न आग्रह गरेको छ ।
सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो
आइतबार, असोज ११, २०७७
पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्ड एकतर्फी खुलेको छ । सडक खुलाउने लामो प्रयासपछि आइतबार ३ बजेदेखि एकतर्फी खुलेको हो ।


