Shittalpati
समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे किसानको रकम
समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे किसानको रकम गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको हाते ट्रयाक्टरका सप्लायर्सको जिम्मेवारी पाएका ठेकेदारले किसानसँग लिएको कमिशन रकम फिर्ता गरेका छन् । ‘अनुदानको ट्याक्टरमा किसानबाट रकम उठाइँदै’ शीर्षकमा बुधबार राससबाट विभिन्न मिडियाहरुमा समाचार प्रकाशन भएपछि ठेकेदारले रकम फिर्ता गरेका हुन् ।
बेवारिसे बालबालिकाको पुनःस्थापना
बेवारिसे बालबालिकाको पुनःस्थापना जुम्लामा बेवारिसे अवस्थामा फेला परेका चार बालबालिकालाई पुनःस्थापना गरिएको छ । स्थानीय प्रशासन, प्रहरी, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समिति, सरोकारवालाको सहयोग तथा समन्वयमा पुनःस्थापनाका लागि उनीहरूलाई सुर्खेत पठाइएको हो ।
पाल्पामा सार्वजनिक चासो र उदासीनताको प्रभाव
पाल्पामा सार्वजनिक चासो र उदासीनताको प्रभाव गत हप्ता पाल्पाली संगम काठमाडौंले पाल्पामा रहेका ऐतिहासिक, साँस्कृतिक, धार्मिक र पुरातात्विक महत्वका सम्पदा एवं पर्यटकीय सम्भावना बोकेका स्थलहरुको व्यवस्थित अभिलेखिकरणका लागि पहल गर्न एक अन्तक्रिया कार्यक्रमको आयोजना गर्‍यो । सो कार्यक्रममा सहभागिता जनाउने हरेक सहभागिहरुले राखेका सुझावहरु पाल्पाको समग्र पहिचानका लागि लक्षित थिए ।
जेष्ठ नागरिक दिवसको सार्थकता
जेष्ठ नागरिक दिवसको सार्थकता आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । जेष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पहुँच पुर्‍याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ ।
तानसेन–बुटवल सडक झनै जोखिम, सडक कार्यालय भन्छ ‘मर्मत गर्न पर्याप्त बजेट छैन’
तानसेन–बुटवल सडक झनै जोखिम, सडक कार्यालय भन्छ ‘मर्मत गर्न पर्याप्त बजेट छैन’ सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकमा पर्ने सिद्धबाबा खण्ड पहिरोको कारणले एक जोखिमपूर्ण ठाउँ हो, जुन चुरे पर्वतमा पर्छ । बलौटे चट्टान र हिलो माटोले बनेको चट्टान परस्पर रूपमा रहेकाले यहाँ वेज फेलरसँगै पेन फेलर मुख्य समस्याका रूपमा छन् ।
एकै दिन एक हजार ५७ संक्रमित निको
एकै दिन एक हजार ५७ संक्रमित निको असोजनेपालमा बुधबार एक हजार ५७ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा. जागेश्वर गौतमले एकै दिन देशका विभिन्न जिल्लाका एक हजार ५७ कोरोना संक्रमित निको भएको बताए ।
पाल्पामा जंगली च्याउ खाएर दुई जना विरामी
पाल्पामा जंगली च्याउ खाएर दुई जना विरामी जिल्लाको तिनाउ गाँउपालिकाको अर्खलेमा जंगली च्याउ खाँदा २ जना विरामी भएका छन् । विषालु च्याउ खाँदा तिनाउ गाउँपालिका वडा ६ अर्खलेका ३० वर्षीया मिना सारु र उनको भाई १४ वर्षीय कमल अर्घाली विरामी भएका हुन् ।
शहिद क्याम्पस तिर पनि नजर लाउने की माननीय ज्यू ?
शहिद क्याम्पस तिर पनि नजर लाउने की माननीय ज्यू ? शहिद बहुमुखी क्याम्पस, भगवान रामचन्द्रले पाईला चालेको, पवित्र काली नदीले स्पर्श गरेको, प्राकृतिक छटाले भरिएको पूण्य एवं रमणीय रामपुरमा अवस्थित पूर्वी पाल्पाकै पहिलो क्याम्पस हो । २०४६ सालको राजनैतिक परिवर्तनसंगै पूर्वी पाल्पा र छिमेकी जिल्ला स्याङ्जा र तनहुँको दक्षिणी भेग, नवलपरासीको उत्तरी भागका विद्यार्थीहरुलाई उच्च शिक्षाको उज्यालो ज्योति छर्नका लागि...
रुपन्देही र कपिलवस्तुमा दुई कोरोना संक्रमितको मृत्यु
रुपन्देही र कपिलवस्तुमा दुई कोरोना संक्रमितको मृत्यु बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो ।
अनुदानको ट्याक्टरमा किसानबाट रकम उठाइँदै
अनुदानको ट्याक्टरमा किसानबाट रकम उठाइँदै गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले अनुदानमा दिएको ट्याक्टरबाट सप्लायर्सको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले किसानबाट रकम उठाएको खुलेको छ । आर्थिक वर्ष २०७६÷७७ को कार्यक्रमअनुसार गाउँपालिकाले ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको थियो ।
मेगा बैंकद्वारा प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयलाई आकर्षक कर्जा
मेगा बैंकद्वारा प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयलाई आकर्षक कर्जा मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ । प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा एक करोड रुपैंयासम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता बैंकसँग भएको हो ।
Weather Update