प्रदेश पाँचको स्थायी राजधानी देउखुरी र नाम लुम्बिनी प्रस्ताव
शुक्रबार, असोज १६, २०७७
रिडी –रुद्रबेनी सडक एक सातादेखि अवरुद्ध
शुक्रबार, असोज १६, २०७७
गुल्मीको रिडी–रुद्रबेनी सडकखण्ड एक हप्तादेखि अवरुद्ध भएको छ । यही असोज ११ गतेदेखि उक्त सडकखण्डको विष्णुपञ्जरमा माथिबाट निरन्तर रुपमा खसेको पहिराले गर्दा सडक अवरुद्ध भएको हो ।
गुल्मीमा पाँच दिनदेखि हराएका कुमाल मृत अवस्थामा
शुक्रबार, असोज १६, २०७७
पाँच दिनदेखि हराइरहेका इस्मा गाउँपालिका ३ दर्लामचौरका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । दर्लामचौरको खाँसिचौरमा हराइरहेका ४९ वर्षीय वीरबहादुर कुमाल शुक्रबार मृतावस्थामा फेला परेका हुन् ।
प्रदेश पाँचको कोरोना नियन्त्रण कोषमा १० करोड थप
शुक्रबार, असोज १६, २०७७
प्रदेश पाँचको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप रु १० करोड निकासा दिने निर्णय गरेको छ ।
पाल्पाको बगनासकालीमा रुखबाट लडेर एक पुरुषको मृत्यु
शुक्रबार, असोज १६, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका ४ खानीछापमा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ । खानिछाप बस्ने ४८ वर्षीय रोमन सिं सारुको रुखबाट लडेर शुक्रबार मृत्यु भएको हो ।
यस्ता छन् प्रदेश पाँच मन्त्रिपरिषद्का निर्णय
शुक्रबार, असोज १६, २०७७
प्रदेश पाँच मन्त्रिपरिषद्को आज बसेको बैठकले तीनवटा निर्णय गरेको छ । बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बर्दिया जिल्ला गुलरियाका मोतीप्रसाद शर्मालाई नियुक्त गर्ने लगायतका ३ निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जनाकारी दिएका छन् ।
पाल्पाको रैनादेवी छहरामा लडेर ७२ वर्षीय वृद्धको मृत्यु
शुक्रबार, असोज १६, २०७७
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४, म्यालढापमा लडेर ७२ वर्षीय एक वृद्धको मृत्यु भएको छ । सोही स्थानका सोमानसिंह सोमैको आफ्नै गोठबाट लडेर आज विहान मृत्यु भएको हो ।
एनसेलको साप्ताहिक योजना पेएजयूगो डेटा ४० पैसा प्रतिएमबी
शुक्रबार, असोज १६, २०७७
एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहिक पेएजयूगो योजना ल्याएको छ । कम्पनीले असोज १४ गतेदेखि यो योजना लागु गरेको छ ।
हिंसात्मक गतिविधि रोकौं
शुक्रबार, असोज १६, २०७७
आज अक्टुबर २, अर्थात् विश्व अहिंसा दिवस । आजभोली विश्वमा हिंसाका घटनाहरु दिनानुदिन बढ्दै गएका छन् । हिंसात्मक कार्यहरुलाई संस्थागत रुपमा अभ्यास गर्ने गिरोहहरु संसारका हरेक ठाउँहरुमा सक्रिय छन् ।
भारतबाट फर्किएकाको स्वाब संकलन
शुक्रबार, असोज १६, २०७७
माथागढी गाउँपालिकामा भारतबाट फर्किएका ३९ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । गाउँपालिकाको वडा ४ मा १८ जना, वडा १ मा ९ जना र ३ मा २२ जनाको स्वाब संकलन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जिसिले जानकारी दिए ।
सुनिन छाड्यो सारङ्गीको धुन, गन्धर्व जाति भन्छन्–‘युवा अन्य व्यवसायमा लाग्दा पेसा संकटमा’
शुक्रबार, असोज १६, २०७७
सारङ्गीलाई रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई लोभ्याउँछ । सारीको धुनसँगै गन्धर्व जातिले सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सु–सूचित गर्ने चलन थियो ।
एकै दिन १९ सय ११ संक्रमित, ९ सय ६१ डिस्चार्ज
शुक्रबार, असोज १६, २०७७
पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित कोरोना मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्मकै उच्च १९ सय ११ जनामा कोरोना पुष्टि भएको बताएका हुन् ।


