Shittalpati
यस्ता छन् प्रदेश पाँच मन्त्रिपरिषद्का निर्णय

बुटवल, असोज १६/ प्रदेश पाँच मन्त्रिपरिषद्को आज बसेको बैठकले तीनवटा निर्णय गरेको छ । बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बर्दिया जिल्ला गुलरियाका मोतीप्रसाद शर्मालाई नियुक्त गर्ने लगायतका ३ निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जनाकारी दिएका छन् ।
त्यस्तै बैठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप १० करोड निकासा दिने भएको छ । यस अघि १० करोड रुपैंयाँ राखेर कोष स्थापना गरिएको थियो । बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने भएको छ । गत वर्षदेखि नै कामकाज गर्दै आइरहेकाहरुको यसवर्ष पनि दरबन्दी स्वीकृत गरिएको जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update