Shittalpati
पाल्पाको रैनादेवी छहरामा लडेर ७२ वर्षीय वृद्धको मृत्यु

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४, म्यालढापमा लडेर ७२ वर्षीय एक वृद्धको मृत्यु भएको छ । सोही स्थानका सोमानसिंह सोमैको आफ्नै गोठबाट लडेर आज विहान मृत्यु भएको हो । उनी विहिबार साँझ खाना खाई आफ्नै २ तले कच्चि गोठको माथिल्लो तलामा सुत्न गएका थिए । सोमै विहान ६ बजेको समयमा माथिबाट लडी गोठको अगाडि भैंसीको भकारोमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई परिवारले मृत अवस्थामा देखेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update