शिक्षक दिवस र गुणस्तरीय शिक्षा
सोमबार, असोज १९, २०७७
प्रदेश पाँचको राजधानी दाङ बनाउने प्रस्ताव फिर्ता लिन पाल्पा, गुल्मी काँग्रेसको माग
आइतबार, असोज १८, २०७७
प्रदेश पाँचको राजधानी दाङ बनाउने प्रस्ताव फिर्ता लिन पाल्पा र गुल्मी नेपाली काँग्रेसले समत माग गरेका छन् । उनीहरुले विज्ञप्ती जारी गर्दै प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव फिर्ता लिन माग गरेका हुन् ।
पाल्पामा पिसिआर ल्याव सञ्चालनको काम ८० प्रतिशत सकियो, मंगलबारदेखि सञ्चालनमा आउने
आइतबार, असोज १८, २०७७
पाल्पामा पिसिआर ल्याव सञ्चालनको काम अन्तिम चरणमा पुगेको छ । कोरोना परीक्षणका लागि सञ्चालनमा ल्याउन लागिएको ल्याव सञ्चालनको कार्य अन्तिम चरणमा पुगेको हो । ल्यावको आईतबारदेखि आन्तरिक परीक्षणको काम सुरु भएको छ ।
पाल्पा जिल्ला फुटबल संघद्वारा खेलाडीलाई राहत
आइतबार, असोज १८, २०७७
पाल्पा जिल्ला फुटबल संघले कोरोना भाईरसका कारण समस्यामा परेका खेलाडीहरुलाई राहत वितरण गरेको छ । संघले आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी ३३ जना वर्तमान, पूर्व खेलाडीहरुलाई राहत स्वरुप रकम वितरण गरेको हो ।
डा.गोविन्द केसीको समर्थनमा पाल्पामा प्रदर्शन
आइतबार, असोज १८, २०७७
स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा पाल्पाली युवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । अनसनको २१ औ दिन पुगीसक्दा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै युवा सजगता अभियान पाल्पाले आइतबार प्रदर्शन गरेको हो ।
बुटवलमा निषेधाज्ञा तोडेरै विरोध प्रदर्शन
आइतबार, असोज १८, २०७७
बुटवलमा निषेधाज्ञा तोडेरै विरोध प्रदर्शन गरिएको छ । प्रदेश नं ५ को राजधानी दाङको भालुबाङ सार्ने प्रस्तावको विरोध गर्दै रुपन्देहीमा निषेधाज्ञा नै तोडेर विरोध गरिएको हो । जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले बुटवलका मुख्य स्थानलाई निषेधित क्षेत्र घोषणा गरे निेषेधाज्ञा तोडेर आन्दोलनकारीहरु सडकमा उत्रेका छन् ।
प्रदेश ५ : राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय
आइतबार, असोज १८, २०७७
प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट शुक्रबार प्रदेशसभामा प्रस्तुत स्थायी राजधानी र नामाकरणको प्रस्तावमा मतदान...
पूर्वमन्त्री दलबहादुर रानालाई कोरोना संक्रमण
आइतबार, असोज १८, २०७७
नेकपाका नेता तथा पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानालाई कोरोना संक्रमण भएको छ । शनिबार काठमाडौंको सानेपास्थित स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा रानालाई कोरोना संक्रमण पुष्टि भएको हो । पाल्पा क्षेत्र न १ बाट निर्वाचित संघीय सांसद समेत रहेका उनी गत विहिबार नेकपा पाल्पाको कार्यालय बैठकमा सहभागी भएका थिए ।
माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट योजना
आइतबार, असोज १८, २०७७
माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुका लागि स्मार्ट योजना ल्याएको छ । आफ्नो स्थापनाको २० बर्ष पूराको अवसरमा बैंकले ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै विभिन्न नयाँ ६ वटा स्मार्ट सेवाहरु तथा योजनाहरु एकैसाथ सञ्चालनमा ल्याएको हो ।
पशु दिवस र यसको साथर्कता
आइतबार, असोज १८, २०७७
आजैको दिन अर्थात् हरेक वर्षको अक्टुबर ४ मा अन्तर्राष्ट्रिय विश्व पशु दिवस मनाउँदै आइरहिएको छ । पशुका अधिकार र तिनीहरु प्रति गरिने मानवीय व्यवहार यस दिवसको मुख्य उद्देश्य रहेको छ ।
रिब्दीकोट गाउँ सरकारले कृषकलाई ब्याजमा शत प्रतिशत अनुदान दिने
आइतबार, असोज १८, २०७७
जिल्लाको रिब्दीकोट गाउँ सरकारले कोभिडका कारण रोजगार गुमाएका युवाहरूको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन कृषि ऋणमा शतप्रतिशत ब्याज अनुदान दिने भएको छ । गाउँपालिकाले कोराना भाइरस (कोभिड–१९) का कारण स्वदेश तथा विदेशमा रोजगार गुमाएका र स्वदेशमै व्यवसायिक कृषिमा लाग्न चाहने उद्यमशील युवाहरुलाई लक्षित गरेर व्यवसायिक ऋणको...
बसाइँसराइले घरहरु जीर्ण
आइतबार, असोज १८, २०७७
पाल्पाको बगनासकाली गाउँपालिका ७ खानीगाउँस्थित कल्लाबारीमा बसाइँसराइ पछि जीर्ण बनेका घर । यहाँका अधिकांश मानिसहरु बसाइँसराइ गरी तराई र शहर तिर जाँदा गाउँका दर्जनौ घरहरु जीर्ण बन्दै गएका छन् ।


