पाल्पामा दुई राप्रपा बिच पार्टी समायोजन
शनिबार, असोज १७, २०७७
नेपालमा एकै दिन २ हजार ४४ संक्रमित निको भए
शनिबार, असोज १७, २०७७
नेपालमा एकै दिन २ हजार ४४ कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा शनिबार देशका विभिन्न जिल्लाका २ हजार ४४ कोरोना संक्रमित निको भएका हुन् ।
काँग्रेसद्वारा भोलि रुपन्देही बन्दको घोषणा
शनिबार, असोज १७, २०७७
नेपाली कांग्रेसले रुपन्देही बन्दको घोषणा गरेको छ । सरकारले प्रदेशसभामा स्थायी राजधानी दाडको देउखुरीमा बनाउने प्रस्ताव लगेपछि त्यसको विरोधमा नेपाली काँग्रेसले भोलि अर्थात् असोज १८ गते बन्दको घोषणा गरेको हो ।
चाडपर्वसँगै अब गाउँघर संक्रमणको जोखिममा
शनिबार, असोज १७, २०७७
चाडपर्व नजिकिएसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम गाउँघरमा हुने भएको छ । काठमाडौँ उपत्यका लगायत शहरी क्षेत्रबाट चाडपर्वमा घर जाने भएकाले गाउँघरमा सङ्क्रमणको जोखिम बढ्ने भएको हो ।
पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुग्यो
शनिबार, असोज १७, २०७७
पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुगेको छ । शनिबार थपिएका ८ जना सहित जिल्लामा संक्रमितको संख्या ७ सय ५७ पुगेको हो । पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
पाल्पाको तिनाउमा रुखबाट खसेर एक युवकको मृत्यु
शनिबार, असोज १७, २०७७
जिल्लाको तिनाउ गाउँपालिका ४ मा रुखबाट खसेर एक युवकको मृत्यु भएको छ ।
नेपाली काँग्रेस र अन्य दलमा फरक
शनिबार, असोज १७, २०७७
नेपाली काँग्रेस भन्न वित्तिकै प्रजातन्त्रको पर्यावाची हो भन्ने बुझिन्छ । तर कसरी भन्यो भने यसको जवाफ निकाल्न गहिरो चिन्तन मनन गर्नुपर्ने हुन्छ । सबै काँग्रेसीहरूले यो बुझ्न जरुरी छ कि नेपाली काँग्रेस भनेको आफैमा एउटा सामाजिक आन्दोलन हो ।
विजुको ‘कविता कुञ्ज’को विचरण
शनिबार, असोज १७, २०७७
नेपाली साहित्यको श्रीवृद्धिका लागि गीत, कविता, मुक्तक, नाटक, आख्यान लेखनमा क्रियाशिल नारी हस्ताक्षर विजु पछाइँ (खाती) पाल्पा हुँगी निवासी माता शिवकुमारी पछाइँ र पिता मोहनबहादुर पछाइँको सुपुत्री हुन् ।
डा.केसीको जीवन जोगाऊ
शनिबार, असोज १७, २०७७
सार्वजनिक स्वास्थ्य र चिकित्सा शिक्षा सुधारका अभियन्ता चिकित्सक गोविन्द केसीले १९ औं सत्याग्रह थालेको आज २० दिन भइसक्यो । सरकारले यस अघि उनीसँग गरेको सहमति कार्यान्वयन नगरेर धोका दिए पनि डा. केसीले चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर सत्याग्रह गर्दै आएका छन् ।
प्रदेश पाँचको स्थायी राजधानी प्रस्तावपछि रुपन्देही काँग्रेस आन्दोलनमा
शुक्रबार, असोज १६, २०७७
प्रदेश पाँचको स्थायी राजधानीका लागि दाङको राप्ती गाउँपालिका स्थित भालुवाङमा रहने गरी शुक्रवार प्रदेश सभामा प्रस्ताव गरेसंगै बुटवलमा विरोध प्रदर्शन गरिएको छ ।
खेलकुद कार्यालय गुल्मीले गर्यो एक महिनाको भाडा छुट
शुक्रबार, असोज १६, २०७७
जिल्ला खेलकुद विकास समिति गुल्मीले एक महिनाको सटर भाडा छुट गरेको छ । खेलकुद विकास समिति भवनमा रहेका सटरहरु भाडामा लिएर व्यवसाय गर्दै आएका व्यसायीहरुको लागि एक महिना भाडा छुट गरिएको कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए ।
सिटिजन्सको नयाँ शाखा दाङ्गको तुलसीपुरमा
शुक्रबार, असोज १६, २०७७
सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ शाखा विस्तार गरेको छ । बैंकले नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ दाङ्गको तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको हो ।


