Shittalpati
पाल्पाको तिनाउमा रुखबाट खसेर एक युवकको मृत्यु

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका ४ मा रुखबाट खसेर एक युवकको मृत्यु भएको छ । सोही स्थानका २३ वर्षीय रेवत बहादुर पल्लीको घर नजिकैको रुखमा चढी घाँस काट्ने क्रममा खसेर ज्यान गएको हो । पल्लीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०७७  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update