जवाफदेही विहीन सरकार
मंगलबार, असोज २०, २०७७
पाल्पा र गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
मंगलबार, असोज २०, २०७७
पाल्पा र गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । पाल्पाको रम्भामा एक पुरुषको शव फेला परेको छ भने, गुल्मीको गुल्मी दरबारमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको हो ।
प्रदेश ५ को प्रदेशसभामा तोडफोड : बैठक मंगलबार
सोमबार, असोज १९, २०७७
प्रदेश नं ५ को प्रदेशसभामा स्थायी राजधानी र नामकरणका विषयलाई लिएर विपक्षी दल नेपाली कांग्रेसले कुर्सी, टेबुल र माइक तोडफोड गरेको छ । सोमबार होहल्ला र विरोधका बीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएपछि आक्रोशित कांग्रेसका प्रदेशसभा सदस्य तोडफोडमा उत्रिएका थिए ।
पाल्पामा थप १२ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७ सय ६९ पुग्यो
सोमबार, असोज १९, २०७७
जिल्लामा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार रामपुर नगरपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ९ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रदेश राजधानीको विरोधमा पाल्पामा पनि काँग्रेसको प्रदर्शन
सोमबार, असोज १९, २०७७
प्रदेश पाँच सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव गरेलगत्तै विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन् । प्रतिपक्ष दल नेपाली काँग्रेसको नेतृत्वमा ठाउँ–ठाउँमा विरोध प्रदर्शन भएका हुन् ।
प्रदेश पाँच मस्यौदा समितिका संयोजकबाट राजीनामा
सोमबार, असोज १९, २०७७
प्रदेश ५ का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट आज राजीनामा दिएका छन् । सभामुखलाई सम्बोधन गरेर दिएको राजीनामापत्रमा उनले प्रदेशको राजधानी सार्न खोजिएको भन्दै संयोजक पदबाट राजीनामा दिएको उल्लेख गरे
प्रदेश पाँचको प्रदेशसभा बैठक केही समयलाई स्थगित
सोमबार, असोज १९, २०७७
प्रदेश नं ५ को प्रदेशसभाको बैठक आज केहीबेरका लागि स्थगन भएको छ । बैठकमा सरकारका तर्फबाट प्रस्तावित प्रदेश राजधानीका विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सदस्यले नाराबाजी गरेपछि अपराह्न २ बजे बस्ने गरी स्थगन भएको हो ।
पाल्पाको रम्भामा ५० वर्षीय पुरुषको शव फेला
सोमबार, असोज १९, २०७७
जिल्लाको रम्भा गाउँपालिका–२ मा एक पुरुषको शव फेला परेको छ । सोमबार विहान रम्भा २ गाबुडाँडा बस्ने बर्ष ५० का नारायण बहादुर जर्घाको मृत अवस्थामा शव फेला परेको हो ।
गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु
सोमबार, असोज १९, २०७७
गुल्मीमा छोराले बुवालाई कुटपिट गर्दा ६० वर्षीय दिलबहादुर बस्नेतको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ४ दोहोलीमा ६० वर्षीया दिलबहादुर बस्नेतलाई उनका २६ बर्षीय छोरा अनिल बस्नेतले आइतबार साँँझ ६ बजेतिर आफ्नै घरभित्र बुबालाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
गुल्मीमा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु
सोमबार, असोज १९, २०७७
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोमबार बिहान ६ बजेतिर जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा १ बलिथुम टापुबाट मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही स्थानकै १५ बर्षीय धनबहादुर माझीको घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी...
ग्लोबल आइएमई बैंकको शाखा रहित सेवा रैनादेवीको सत्यवतीमा
सोमबार, असोज १९, २०७७
ग्लोबल आइएमई बैंकले नयाँ शाखा रहित सेवा विस्तार गरेको छ । बैंकले रैनादेवी छहरा गाउँपालिकाको सत्यवतीमा शाखा रहित सेवा विस्तार गरेको हो ।


