Shittalpati
ग्लोबल आइएमई बैंकको शाखा  रहित सेवा रैनादेवीको सत्यवतीमा

पाल्पा । ग्लोबल आइएमई बैंकले नयाँ शाखा रहित सेवा विस्तार गरेको छ । बैंकले रैनादेवी छहरा गाउँपालिकाको सत्यवतीमा शाखा रहित सेवा विस्तार गरेको हो । बैंकले एक औपचारिक कार्यक्रमको आयोजना गरी सेवा विस्तार गरेको छ । कार्यक्रममा रैनादेवी छहरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेतबहादुर खत्रीले बैंकले ग्रामीण इलाकामा बैंकको विकास र विस्तार गरेकोमा शाखालाई धन्यवाद दिए । उनले शाखा मार्फत गाउँमा वित्तिय सेवा लिन आग्रह गरे ।

बैंकले शाखा रहित बैकिङ्ग सेवा विस्तार गरेसँगै यस क्षेत्रका आम सर्वसाधरण जनतालाई आफ्नो घर नजिकैबाट आर्थिक कारोवारमा थप सहजता हुने खत्रीले विश्वास व्यक्त गरे । यस क्षेत्रका जनताहरुलाई बैंकको पहुँचमा ल्याउनका लागि सेवा सञ्चालनमा ल्याइएको बैंक छहरा शाखाका प्रमुख सुमन राउतले बताए । उक्त शाखा रहित बैंकिङ्ग सेवाबाट बैंकमा खाता खोल्न, रकम बचत गर्न तथा झिक्न, रकमको जानकारी लिन र अन्य शाखाहरुमा रकम पठाउन, विदेशबाट आएको रकम निकाल्न र मोबाइल रिचार्ज गर्न सकिने व्यवस्था रहेको बैंकले जनाएको छ । बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै यस क्षेत्रका जनताहरुलाई तानसेन, बुटवल, सालझण्डी जानुपर्ने बाध्यता हटेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update